एमालेले पार्टी र नेताका नाममा ‘फेक आइडी’ चलाउनेलाई कारबाही गर्ने

 असोज ५, २०८० शुक्रबार ८:६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा (एमाले) ले आफ्नाे पार्टी र नेतृत्वका नाममा अनधिकृतरूपमा नक्कली आइडी बनाएर सामाजिक सञ्जालमा भ्रमपूर्ण समाचार सम्प्रेषण गर्नेलाई कारबाहीकाे दायरमा ल्याउने जनाएकाे छ । 

एमालेले आम नागरिक र पार्टीपङ्क्तिभित्रै अफवाह फैलाइएको पाइएको भन्दै सामाजिक सञ्जालमा बनेका नक्कली आईडीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हाे ।

एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले हिजाे विज्ञप्ति जारी गरी सामाजिक सञ्जालको दुरुपयोग गरी अनधिकृत र अज्ञात व्यक्तिहरूबाट पार्टीको नाम, लोगो र झण्डा दुरुपयोग भइरहेकाले यसले पार्टीपङ्क्ति र जनसमुदायमा भ्रम सिर्जना हुने गरेको बताउनु भएकाे हाे ।

'सामाजिक सञ्जालको दुरुपयोग रोक्न पार्टी र पार्टी नेतृत्वसँग जोडेर बनाइएका फेक अकाउन्ट बन्द गर्नुपर्ने चौतर्फी दबाब आएकाले सम्बन्धित सबैमा यो सूचना जारी गरिएको छ', उहाँले भन्नुभएको छ ।

'पार्टीको नाम, लोगो, झण्डा र पार्टी नेताहरूको नाम जोडेर सञ्चालन भएका सबै अकाउन्ट सञ्चालकहरूलाई १५ दिनभित्र पार्टीको केन्द्रीय प्रचार विभागको सम्पर्कमा आउन अनुरोध गरिन्छ । अन्यथा यस्ता फेक अकाउन्ट सञ्चालकका बारेमा आवश्यक कानुनी प्रक्रियामा जान पार्टी बाध्य हुने कुरा सूचित गरिन्छ 'विज्ञप्तिमा भनिएको छ ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया