अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा आवश्यकता अनुसार बिरामीले निःशुल्क रगत पाउने

 फागुन २, २०८० बुधबार १२:४३:४६ | प्रेमनारायण आचार्य
unn.prixa.net

काठमाण्डौ – अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले नगर भित्रका स्थायी बासिन्दा तथा कर्मचारीहरुलाई निःशुल्क रुपमा  रगत र रगतजन्य पदार्थ उपलब्ध गराउने भएको छ । सन्धिखर्क नगरपालिका र नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार सेवा केन्द्र, रुपेन्देहीबीच निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयो।

नगरपालिकाबाट रक्त सञ्चार सेवा केन्द्र रुपन्देहीको लागि रगत सङ्कलन कार्यको लागि सहयोग गर्ने उद्देश्यले सम्झौता गरिएको नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो । आफ्ना नागरिकलाई रगत र रगतजन्य पदार्थ अभावबाट बचाउनको लागि जिल्लामै पहिलो पटक निःशुल्क रगत उपलब्ध गराउन लागेको प्रमुख प्रशासकीय अधिकृत भुसालले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया