आयरल्यान्ड 'ए' सँगको शृङ्खलाकाे तयारीका लागि ४० जना खेलाडीको नाम सार्वजनिक

 चैत ५, २०८० सोमबार १५:४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आयरल्यान्ड ‘ए’ सँगको शृङ्खलाका लागि नेपाली ‘ए’ को प्रारम्भिक टोलीमा ४० जनालाई बोलाइएको छ ।

नेपाल क्रिकेट सङ्घले आयरल्यान्डसँगको शृङ्खलाको तयारीका लागि ४० जना खेलाडीको नाम सार्वजनिक गरेको हो । टोलीमा धेरैजसो युवा खेलाडीले मौका पाएका छन्, यस्तै राष्ट्रिय टोलीबाट खेलिसकेका केही खेलाडी पनि परेका छन् ।

शृङ्खलामा तीन वटा एकदिवसीय र तीन वटा टी–२० खेल हुनेछ । यो शृङ्खला यही चैत १५ गतेदेखि शुरु हुनेछ । त्यसअघि नेपालको राष्ट्रिय टोलीले आयरल्यान्डको ‘ए’ टोलीसँग चैत १२ र १३ गते दुई वटा टी–२० खेल्नेछ ।

नेपाल ‘ए’ को प्रारम्भिक टोली–

रित गौतम, पवन सर्राफ, अर्जुन साउद, नरेन भट्ट, दिलिप नाथ, विवेक यादव, बशिर अहमद, बिपिन खत्री, मौसम ढकाल, रञ्जीत कुमार, प्रतिस जिसी, विकाश आग्री, नारायण जोशी, सन्दीप जोरा, लोकेश बम, भीम सार्की, मयन यादव, अर्जुन कुमाल, रुपेश सिंह, सहाब आलम, शेर मल्ल, दिपेश कँडेल, रिजन ढकाल, आकाश चन्द, कमलसिंह ऐरी, विनोद भण्डारी, देव खनाल, आरिफ शेख, हरिशङ्कर साह, किरण ठगुन्ना, सुजन थपलिया, रशिद खान, दिनेश अधिकारी, सागर ढकाल, दीपेन्द्र राउत, सुवास भण्डारी, आशुतोष घिरैया, हेमन्त धामी र नरबहादुर सार्की ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया