नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट श्रृङ्खला आजदेखि
बैशाख १५, २०८१ शनिबार
काठमाण्डौ – नेपाल राष्ट्र बैंकले बिहीबारदेखि २० र ५० रुपैयाँ दरका नयाँ नोट बजारमा पठाएको छ ।
राष्ट्र बैंकले २० रुपैैयाँको नोटको अग्रभागमा विक्रम संवत २०७२ र एडी २०१६ लेखिएको छ । २० रुपैयाँ दरको नोटमा सङ्केत नम्बर ञ/४१०००००१ देखि ञ/४१९९९९९९ हुने छ ।
यस्तै ५० रुपैयाँ दरको नोटको अग्रभागमा पनि विक्रम संवत २०७२ र इस्वी संवत अर्थात एडी २०१५ हुनेछ ।
यस्तै ५० रुपैयाँ दरका नोटमा संकेत नम्बर ज/८६०००००१ देखि ज/८८९९९९९९ सम्म हुनेछ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले २० र ५० रुपैयाँ दरका नयाँ नोट ल्याएपछि बजारमा साना दरका नोटको अभावको अन्त्य हुने जनाएको छ ।
याे पनि पढ्नुहाेस्