पोर्चुगलमा रोजगारी लगाइदिने भन्दै अजरबैजान पुर्‍याएर अलपत्र पर्ने एक जना पक्राउ

 बैशाख १४, २०८० बिहिबार १३:५८:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ –  पोर्चुगलमा रोजगारी लगाइदिने भन्दै झण्डै १४ लाख रुपैयाँ लिएर अजरबैजान पुर्‍याई अलपत्र पार्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पोर्चुगलमा दुई लाख रुपैयाँ मासिक तलब हुन्छ भन्दै दिनेश बमलाई अजरबैजान पुर्‍याएर अलपत्र पारी फरार भएको भन्दै कैलालीको टिकापुर १ घर भई अहिले ललितपुरको टिकाथली बस्ने कृतक बहादुर साउँदलाई प्रहरीले पक्राउ गरेको हो । 

कृतकले दिनेशसँग पोर्चुगलको रोजगारीको प्रलोभन देखाई विभिन्न समयमा गरी १३ लाख ९२ हजार रुपैयाँ लिएका थिए । पोर्चुगलमा महिनाको दुई लाख रुपैयाँ कमाइ हुने आसमा रकम दिएको दिनेशले बताउनुभएको छ । तर अजरबैजान पुगेपछि कृतक सम्पर्क विहीन भएका थिए ।

वैदेशिक रोजगार विभागले काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन पत्राचार गरेपछि हिजो बुधवार कृतक काठमाण्डौको सिनामंगलबाट पक्राउ परेका हुन् ।

घटनाबारे थप अनुसन्धान तथा कारबाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग पठाइएको कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया