सरकारी गाडीकाे ठक्करबाट २ जना घाइते, चालक फरार

 साउन १४, २०८० आइतबार १९:५८:५३ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको देउखुरीमा सरकारी गाडीको ठक्करबाट दुई जना घाइते भएका छन् । घाइते हुनेमा बाँकेको राप्ती सोनारी गाउँपालिका–३ का ३८ वर्षीय खुमबहादुर राजकोटी र लमही नगरपालिका–९ तेलियाका ४९ वर्षीय भीमबहादुर कुमाल रहेका वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनुभएको छ ।

घाइते दुवै जनाको खुट्टामा चाेट लागेकाे प्रहरीले बताएको छ । पश्चिमबाट पूर्व जाँदै गरेको बा २ झ ४५४६ नम्बरको सरकारी गाडीले पूर्वबाट पश्चिम जाँदै गरेको रा ३ प ५५९८ नम्बरको मोटरसाइकललाई हसनापुर जाने चोक नजिकै ठक्कर दिएको थियो । सरकारी गाडीका चालक फरार रहेकोले गाडी कुन कार्यालयको हो भन्नेबारे जानकारी हुन सकेको छैन ।

घाइतेहरूको लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया