उच्च तहका रुसी कमाण्डरविरुद्ध पक्राउ पुर्जी जारी

 फागुन २३, २०८० बुधबार ९:५२:५७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले युक्रेनमा युद्ध अपराध गरेको आरोपमा उच्च तहका रुसी कमाण्डरहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।आईसीसीले  सेनाका उच्च अधिकारी  सर्गेई कोबिलाश र नौसेनाका उच्च अधिकारी भिक्टर सोकोलोभलाई पक्राउ पुर्जी जारी गरेको बीबीसीले जनाएको छ ।

उनीहरुलाई २०२२ अक्टोबर  र मार्च २०२३ को बीचमा युक्रेनको एक विद्युतीय पूर्वाधारमा उनीहरुको नेतृत्वमा रहेको सेनाको टोलीले मिसाइल आक्रमण गरेको आरोप लगाइएको खबरमा उल्लेख छ । युक्रेन युद्धसँग सम्बन्धित रूसी अधिकारीहरूको लागि यो दोस्रो चरणको पक्राउ पुर्जी जारी भएको हो।

यसअघि युक्रेनमा युद्ध अपराध गरेको आरोपमा राष्ट्रपति भ्लादिमिर पुटिन र उनका बालअधिकार दूतका लागि पक्राउ पुर्जी जारी गरिएको थियो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया