हरेक दिन एक अर्ब डलर बराबरको खाना खेर, विश्वमा ८० करोड मानिस भने भोकै

 चैत १५, २०८० बिहिबार ७:२:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वभरका परिवारले हरेक दिन एक अर्ब डलर अर्थात १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको खाना खेर फाल्ने गरेको पाइएको छ । संयुक्त राष्ट्रसङ्घले खानाको नोक्सानीलाई ‘विश्वव्यापी त्रासदी’ भनेको छ । झण्डै ८० करोड मानिस भोकै बस्न बाध्य रहेको अहिलेको समयमा घर र व्यवसायहरूले वार्षिक १० खर्ब डलरभन्दा धेरै मूल्यको खाना खेर फालेको वा थन्काएर राखेको राष्ट्रसङ्घको फुड वेस्ट इन्डेक्स प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार सन् २०२२ मा बजारमा उपलब्ध सबै उत्पादनहरूको झण्डै २० प्रतिशत अर्थात एक अर्ब टनभन्दा बढी खाना खेर गएको थियो । यसमा धेरैजसो खाना घरहरूबाट खेर गएको हो ।

राष्ट्रसङ्घीय पर्यावरण कार्यक्रम (यूएनइपी) का कार्यकारी निर्देशक इन्गर एन्डरसनले खानाको नोक्सानी विश्वव्यापी त्रासदी भएको र यस्तो प्रकारको नोक्सानी नैतिकमात्र नभएर ‘पर्यावरणीय असफलता’ भएको बताउनुभएको छ ।  

खानाको नोक्सानीले पृथ्वीको तापक्रम बढाउने उत्सर्जनको पाँच गुणा उत्पन्न गर्ने प्रतिवेदनमा उल्लेख छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया