जेठमा ७३ हजार नेपाली वैदेशिक रोजगारीमा, दक्ष भएर जानेको सङ्ख्या बढ्दै

 असार ४, २०८१ मंगलबार ९:२६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – जेठ महिनामा झण्डै ७३ हजार नेपाली वैदेशिक रोजगारीमा गएका छन् । यो सङ्ख्या चालु आर्थिक वर्षका अरु महिनाहरूको तुलनामा धेरै हो । जेठमा ७२ हजार ८ सय ६१ जना वैदेशिक रोजगारीमा गएका छन् ।

वैदेशिक रोजगार विभागकाअनुसार चालु आर्थिक वर्षको ११ महिना अर्थात साउनदेखि जेठ सम्ममा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ६ लाख ८२ हजार ३ सय ८६ रहेकोे छ । साउनमा ५५ हजार ५ सय ७५, भदौमा ५० हजार ८ सय ८४, असोजमा ५६ हजार २ सय ३५, कात्तिकमा ४३ हजार ६ सय २२, मङ्सिरमा ६८ हजार २ सय १, पुसमा ६५ हजार ८ सय १३, माघमा ६२ हजार १ सय ४७, फागुनमा ६५ हजार ६ सय ५८, चैतमा ७० हजार ९ सय ३३ र वैशाखमा ७० हजार ६ सय ३७ जना वैदेशिक रोजगारीमा गएका थिए ।

 वैदेशिक रोजगारीमा दक्ष भएर जाने नेपाली श्रमिकको सङ्ख्या बढेको छ । वैदेशिक रोजगार विभागकाअनुसार पोहोर साल जेठमा दक्ष भएर जानेको सङ्ख्या ६४ प्रतिशत रहेकोमा यस वर्षको जेठमा ७१ प्रतिशत पुगेको छ । 

तपाईको प्रतिक्रिया