अमेरिकाले फिलिपिन्सलाई २० वटा एफ–१६ लडाकू विमान बिक्री गर्ने
चैत २०, २०८१ बुधबार
काठमाण्डाै – भूटानमा राजनीतिक बन्दीको रिहाइका लागि सञ्चालित ग्लोबल अभियान (जीसीआरपीपीबी) ले अमेरिकाबाट १० जना भूटानी शरणार्थीलाई जबरजस्ती देश निकाला गरिएकोमा चिन्ता व्यक्त गरेको छ ।
सन् १९९० को दशकमा भूटानबाट निष्कासित गरिएका यी व्यक्तिहरूलाई संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) को पुनर्वास कार्यक्रमअन्तर्गत कानूनी रूपमा अमेरिकामा पुनर्वास गरिएको थियो । यसको बाबजुद पनि उनीहरूलाई जबरजस्ती देश निकाला गरेर भूटान पठाइएको जीसीआरपीपीबीको भनाइ छ ।
उनीहरू गएको मार्च २७ मा भूटानको पारो विमानस्थल आइपुगेका थिए । भूटानले उनीहरूलाई बस्न दिनुको सट्टा भारततर्फ पठाइदिएका थिए । त्यसपछि भारतीय सुरक्षा बलले उनीहरूलाई नेपाल–भारत सीमामा रहेको पानीट्याङ्कीमा स्थानान्तरण गरेको थियो । तीमध्ये तीन जना– रोशन तामाङ, आशिष सुवेदी र सन्तोष दर्जीलाई बेलडाँगीको भुटानी शरणार्थी शिविरबाट नेपाली अधिकारीहरूले पक्राउ गरेका थिए । उनीहरू कानूनी कागजातविना नै अवैध रूपमा नेपाल प्रवेश गरेका थिए । अब उनीहरूलाई भारत पठाउन सक्ने सम्भावना छ भने बाँकी सात जनाको ठेगानाबारे थाहा भएको छैन ।
यो घटनाले अन्तर्राष्ट्रिय शरणार्थी सुरक्षा र गैर–रिफाउलमेन्टको सिद्धान्तको स्पष्ट उल्लङ्घनलाई उजागर गरेको भूटानमा राजनीतिक बन्दीको रिहाइका लागि सञ्चालित ग्लोबल अभियान (जीसीआरपीपीबी) ले बताएको छ । रिफाउलमेन्ट भन्नाले शरणार्थीहरूलाई जोखिमको स्थिति आउने ठाउँमा फर्काउनु हो ।
जीसीआरपीपीबीले भूटानी र भारतीय अधिकारीहरूको कार्यको निन्दासहित यसले नयाँ राज्यविहीनता र मानवीय सङ्कट निम्त्याउने जनाएको छ । साथै तत्काल कदम चाल्न नेपालसहित भारत, भूटान, अमेरिकालाई आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।