इजरायल पठाइदिने भन्दै पैसा असुल्ने गिरोह सक्रिय, गलत र भ्रामक सूचनाको भरमा नपर्न अनुरोध

 साउन ४, २०८१ शुक्रबार १८:१३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इजरायलमा कामदार पठाइदिने भन्दै पैसा असुल्ने गिरोह सक्रिय रहेको पाइएको छ । वैदेशिक रोजगार विभागमा विभिन्न गिरोहले पैसा उठाउँदै हिँडेको भन्दै गुनासो आउन थालेको छ ।

विभागका महानिर्देशक डण्डुराज घिमिरेले आज विज्ञप्ति निकालेर अनधिकृत रूपमा रकम असुली गरेको भन्ने जानकारी आएको र यसमा गम्भीर ध्यानाकर्षण भएको जानकारी दिनुभएको छ । गलत र भ्रामक सूचनाको भरमा नपर्न विभागले अनुरोधसमेत गरेको छ ।

विभागले इजरायलमा केयरगिभरका लागि आठ सय जनाको विज्ञापन आह्वान गरेको थियो । त्यसलगत्तै इजरायलमा केयरगिभरका लागि पठाइदिने भन्दै पैसा असुल्ने गिरोह सक्रिय भएको पाइएको हो । गलत कार्य भए/गरेको जानकारी भएमा जानकारी दिनसमेत विभागले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया