अमेरिकाको विद्यार्थी भिसा आवेदन अप्रिलदेखि खुल्ने, आफ्नो स्थान सुरक्षित गर्न दूतावासको आग्रह

 मंसिर २०, २०८१ बिहीबार ९:५७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अमेरिकामा पढ्न जान चाहने नेपाली विद्यार्थीले आउँदो अप्रिलदेखि नयाँ भिसा आवेदन दिन सक्ने भएका छन् ।

काठमाण्डौमा रहेको अमेरिकी दूतावासले सूचना निकालेर सन् २०२५ को अप्रिल, मे, जुन र जुलाई महिनाका लागि विद्यार्थी भिसा आवेदनको मिति घोषणा गर्न लागेको जानकारी दिएको हो । दूतावासका अनुसार अप्रिल महिनाका आवेदन २२ जनवरी बिहान ८ बजे खुल्नेछ भने ‘मे’ का आवेदन १३ मार्च बिहान ८ बजे खुल्नेछ ।

यस्तै ‘जुन’ का आवेदन १७ अप्रिल बिहान ८ बजे र ‘जुलाई’ का आवेदन १५ मे बिहान ८ बजे खुल्ने दूतावासले जनाएको छ । दूतावासले आफ्नो स्थान सुरक्षित गर्न नेपाली विद्यार्थीहरूलाई अपिलसमेत गरेको छ ।

विद्यार्थीले भिसा प्रक्रिया सम्बन्धी थप जानकारीका लागि दूतावासकाे याे लिङ्कमा गएर हेर्न सकिने दूतावासले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया