डलरको भाउ आज पनि बढ्यो

 पुष ४, २०८१ बिहीबार ८:३९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अमेरिकी डलरको भाउ आज पनि बढेको छ । आज अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ २३ पैसा कायम भएको छ । हिजो अमेरिकी डलरको खरिददर एक सय ३५ रुपैयाँ ५४ पैसा र बिक्री दर एक सय ३६ रुपैयाँ १४ पैसा थियो ।  केही दिनदेखि डलरको भाउ बढ्न थालेको छ ।

आज युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ २२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८६ रुपैयाँ शून्य एक पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ४१ पैसा र बिक्रीदर एक सय रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ८३ पैसा र बिक्रीदर आठ रुपैयाँ ८७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ १० पैसा र बिक्रीदर ३६ रुपैयाँ २६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ २० पैसा र बिक्रीदर ३७ रुपैयाँ ३७ पैसा कायम भएको छ ।

यस्तै मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ४८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ९९ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ४२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५२ रुपैयाँ २९ पैसा र बिक्रीदर तीन सय ५३ रुपैयाँ ८४ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५३ रुयैयाँ २९ पैसा र बिक्रीदर तीन सय ५३ रुपैयाँ ८४ पैसा तोकिएको छ ।
 

तपाईको प्रतिक्रिया