१९ वर्षमुनिको महिला टी–२० विश्वकप खेल्न मलेसिया जाने नेपाली ...
पुस २६, २०८१ शुक्रबार
काठमाडौं – काठमाडौंमा शुक्रबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा मंगलबार ‘मरिसकेको मान्छे’ देखाईएकाे छ ।
'मरिसकेको मान्छे' मरे भनेर काजकिरिया भैसकेका तर जिउँदै फर्केका र बाँचे भनेर आश गरिएका मानिस पहिले नै मरेको मानिसको कथा हो । पूर्वको मोरङ र पश्चिमको बाग्लुङका अपरिचित दुई परिवारलाई साउदीमा भएको एक सडक दुर्घटनाले एकै ठाउँमा भेटाउँछ ।
दुर्घटनामा एक परिवारले आफन्त गुमाउँछन् । तर लास साटिदा दुवै परिवारले आफन्त गुमाउनुको पीडा भोग्नुपर्छ । मरिसकेको भनेका मानिस जिउँदै फर्किन्छन् भने जिउँदै छन् भनेका मानिसको आफन्तले लास समेत देख्न पाउँदैनन् । आफन्त गुमाउँदाको पीडा र मरिसकेको मानिस फेरि फर्किएर आउँदाको खुसी यो वृतचित्रमा देखाइएकाे हाे ।
यो वृतचित्र उज्यालो मल्टिमिडियाले उत्पादन गरेको हो । यो वृतचित्रमा समेटिएका विषय उज्यालो अनलाइनमा यसअघि नै प्रकाशित भैसकेको छ ।
साउदीमा तेजेन्द्रको मृत्यु : एकै मानिसका दुईटा लास जले, तर मरेको प्रमाण फेला परेन
हर्कबहादुरका माइला छोराको पुनर्जन्म र बिहे
आफैंले किरिया गरेका पतिसँग फेरि बिहे गरेकी सन्तोषीको प्रश्न : मेरा श्रीमानलाई कसरी जीवित गराउने ?
उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।