धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाडौं – बुधबार १० बजे बिहान (४ जुलाईका दिन) साउदी अरबको तापक्रम ४० डिग्री थियो । त्यतिबेला फोन गर्दा पूर्णबहादुर गुरुङ मरुभूमिको तातो हावा खाँदै उँटलाई दानापानी दिँदै हुनुहुन्थ्यो । फोनमै पूर्णबहादुरले भन्नुभयो, ‘म उँटलाई दानापानी खुवाउँदै छु । १५ मिनेटपछि कुरा गरौंला सर ।’
कास्कीको लेखनाथ उपमहानगरपालिका १ का पूर्णबहादुरले साउदीमा उँट चराउन थालेको दुई महिना पूरा भयो । नेपालमा छँदा उहाँको हात गाडीको स्टेयरिङमा बसेको थियो । पोखरा आसपासमा माइक्रो र ट्याक्सी चलाउनु हुन्थ्यो । परिबन्दले ४० वर्षे पूर्णबहादुरका हातले खाडीको देशमा उँट स्याहार्नु पर्ने भयो ।
चार वटा दुहुनासहित २३ वटा उँट स्याहार्ने जिम्मा छ पूर्णबहादुरलाई । उँट दुहुने, चराउने, दानापानी र कुँडो खुवाउने कामले पूर्णबहादुरलाई थकाई मार्ने समय पनि हुँदैन । न मुदिरले काम गर्ने ‘टाइम’ नै तोकिदिएको छ ।
हुनलाई गाडी चलाउने कामकै लागि पूर्णबहादुर साउदी जानुभएको थियो । वैदेशिक रोजगार विभागबाट ३१ अगष्ट, २०१६ मा अन्तिम श्रमस्वीकृति लिएर ट्रक ड्राइभरको भिसामा पूर्णबहादुर साउदीको रियादस्थित एनओसी हुसेन अल मुतैरी रेन्टल अफ हेभी इक्युपमेन्ट कम्पनी पुग्नुभयो ।
तर साउदीमा नेपाली लाइसेन्स देखाएर गाडी चलाउन पाइदैन । गाडी चलाउने त्यहीको लाइसेन्स हातमा थिएन । कम्पनीले लाइसेन्स नबनाइ दिएपछि उहाँले डराउँदै र लुक्दै लाइसेन्स बिनै २० महिना पानी बोक्ने ट्याङ्कर चलाउनुभयो ।
कम्पनीले नै गाडी चलाउन अह्राएपछि नाईं भन्ने ठाउँ रहेन । रोजगारीका लागि खाडीको देश साउदी पुगेका उहाँका लागि विकल्प पनि थिएनन् । लाइसेन्स बिना गाडी चलाउँदा प्रहरीले समाएर हिरासतमा राख्ने । लाइसेन्स नभई गाडी चलाएको अभियोगमा तीन पटक त उहाँ जेल बसेर निस्किनुभयो । त्यति गर्दा पनि उहाँले ५ महिनादेखि तलब पाउनु भएको थिएन ।
पूर्णबहादुरका लागि यी दुःख बिसाउने ठाउँ थियो, आफूलाई पठाउने म्यानपावर कम्पनी । पटक पटक आफूलाई साउदी पठाउने काठमाडौंको कान्तिपुर म्यानपावर सर्भिस प्रालिमा सम्पर्क गर्नुभयो, तर कम्पनीले उहाँका कुरा सुनेन । नेपाल फर्कन चाहे पनि फर्काइ दिएन । तलब सुविधा र लाइसेन्सका लागि पहल गर्नुको साटो म्यानपावरले कम्पनी मालिकको बुबाको मजरामा लगेर उँट गोठालो बनाइदियो ।
म्यानपावरले आफ्नो पीडा नसुनेपछि पूर्णबहादुरकी श्रीमतीले वैदेशिक रोजगार विभागमा उजुरी समेत गर्नुभएको छ । तर पूर्णबहादुरको नेपाल फर्कने दिन अझै निश्चित भएको छैन । समस्याका विषयमा साउदीस्थित नेपाली दूतावासमा फोन र इमेल मार्फत जानकारी गराइएको प्रवासी नेपाली समन्वय समितिकी कार्यक्रम अधिकृत शान्ति सिंह जानकारी दिनुभयो ।
यता कान्तिपुर म्यानपावरका प्रवन्ध निर्देशक धनलाल जैसीले भने कम्पनीले ‘एक्जिट’ नगरिदिएका कारण पूर्णबहादुरलाई नेपाल फर्काउन नसकिएको बताउनुभयो । कम्पनीले सरकारलाई तिर्नुपर्ने लेवी लगायत पनि दावी गरेको उहाँको भनाई छ ।
पूर्णबहादुरकी श्रीमति तिलाको गुनासो बेग्लै छ । भन्नुहुन्छ “ड्राइभरका लागि गएको मान्छेलाई उँट चराउन लगाइएको छ । एक लाख २० हजार रुपैयाँ म्यानपावरलाई तिरेर जानुभएको हो । म्यानपावरले उहाँलाई फर्काउन केही पनि चासो राखेन । हाम्रो मान्छे नेपाल वापस गर्नुपर्यो भनेर म्यानपावरलाई भन्यौं ।
फर्काउन सकिएन, उहाँलाई नेपाल एम्बेसी जानु भन्नु भन्छन् म्यानपावरका मान्छेले । फर्काउन खोजेको हो, यताबाट फोन गर्दा साहुले फोन नै उठाउँदैन भनेर टार्छन् । बाहिरबाट एम्बेसीमा जान त्यति सजिलो पनि छैन रे । एम्बेसी पनि त्यस्तै हो ।“
“उहाँलाई फर्काउनका लागि चार पटक काठमाडौं पुगेँ । वैदेशिक रोजगार विभागमा पनि उजुरी दिएकी छु । विभागमा उजुरी गर्दा पनि केही भएको छैन । म्यानपावरका मान्छेले विभागमा आएर आफूले लिएको पैसा फिर्ता गरेर मान्छे नेपाल ल्याइदिने भनेको हो । अहिले त एम्बेसी जान भनिदिनु, अरु हामी बेहोर्छौं भनिरहेका छन् । छोराको कम्पनीबाट बाबुको कम्पनीमा लगेर छोडिदिएको छ रे । बालुवाघारीमा उँट चराउनु पर्छ रे । छोराले पाँच महिनाको तलब पनि दिएको छैन । सम्पर्कमा आएको पनि छैन ।“
थेबे वैदेशिक रोजगार र यससँग जोडिएका सामाजिक विषयमा दख्खल राख्नुहुन्छ ।
Yuvaraj
July 5, 2018, 9:27 p.m.Yasta manpower nepal sarkarko chatrachayama hurkiyeka hun ra aile pani nepal sarkar kai surakchya ma basera janatalai thagne ani dukha dine ku kritya garne garna.
Buddha Kepchhaki
July 5, 2018, 9:05 p.m.very heart touching story. keep on writing such real story continuously until it is heard far and wide and action is taken against culprit and victim is rescued.