वर्षासँगै काठमाण्डौको वायु प्रदूषण अति अस्वस्थ अवस्थाबाट सुधार ...
चैत २८, २०८१ बिहिबार
काठमाण्डौ – सुनको भाउ आज उच्च मूल्यबाट एकैदिन तीन हजार नौ सय रुपैयाँले घटेको छ । सुनको भाउ तीन हजार नौ सय रुपैयाँले घटेर तोलाको एक लाख ७६ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ८० हजार तीन सय रुपैयाँ पुगेर कीर्तिमान बनाएको थियो ।
हप्ताको पहिला दिन आइतवार सुनको भाउ तोलाको एक लाख ७६ हजार आठ सय रुपैयाँ रहेको थियो । सुनको भाउ हप्ताको पहिलो दिन र अन्तिम दिनको तुलना गर्दा चार सय रुपैयाँले घटेको हो ।
त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ एक सय २५ रुपैयाँले घटेर तोलाको एक हजार आठ सय ७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा एक हजार नौ सय ९५ रुपैयाँमा कायम भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।