यूएईको आबुधाबीमा निःशुल्क कोरोना परीक्षण

 बैशाख ६, २०७७ शनिबार ९:३०:५ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई – के तपाईं युएईको आबुधाबीमा हुनुहुन्छ ? तपाईंलाई कोरोनाका लक्षण देखिएका छन् ? तपाईंलाई मनमा शंका लागेको छ ? तपाईंको उमेर ५० नाघेको छ ? तपाईंमा सुगर , मुटु सम्बन्धी समस्या छन् ? र तपाईं कोरोनाका कारण आत्तिनु भएको छ ?

आबुधाबीको मुसाफामा सबै श्रमिकको निःशुल्क रुपमा कोरोना परीक्षण गरिने भएको छ । आबुधावीको औधोगिक क्षेत्र मुसाफामा यूएईले निःशुल्क रुपमा परीक्षणको व्यवस्था गरेको हो ।

आबुधाबीको आर्थिक विकास विभागले आबुधाबी सरकारको प्रयासबाट श्रमिकहरूको सुरक्षा सुनिश्चित गर्न तथा भाइरसको फैलावट रोक्न भन्दै यो क्षेत्रमा कार्यरत श्रमिकका लागि निःशुल्क कोरोना परीक्षण गर्न लागिएको हो ।

कोभिड १९ को निःशुल्क स्वास्थ्य परीक्षणका लागि मुसाफामा क्लिनिक स्थापना गरिएको छ ।

आबुधाबीको आर्थिक विकास विभागले बिहीबार निकालेको सूचनामा ज्वरो आए, खोकी र सास फेर्न कठिनाई भएका, त्यसमा पनि खास गरी ५० वर्ष नाघेका कुनै पनि देशका नागरिकको निःशुल्क जाँच र विशेषज्ञ चिकित्सकको सहायतामा उपचार गरिने जनाएको छ । यो सेवा यूएईमा गैरकानुनी रुपमा बसेका श्रमिकले पनि लिन पाउनेछन् ।

 

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

1 Comments

  • राज कुमार लिम्बु

    April 19, 2020, 8:46 a.m.

    मलाई त्यस्तो ज्वरो खोकी छैना तर छाती मा गरुङ गो भए जस्तो लाग्छ तर म हस्पिटल दुई चोटि गए तर पनि छाती दुख्ने अझौ सहि छैना दबाई दिएको छ ठिक हुन्छ भनेको छ गेस

तपाईको प्रतिक्रिया