ओमानमा लकडाउन लम्बियो, समस्यामा परेका नेपालीलाई विवरण भर्न दूतावासको अनुरोध

 बैशाख २४, २०७७ बुधबार १९:४७:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ओमानमा मे २९ सम्म लकडाउनको अवधि थपिएको छ । पछिल्लो समय ओमानमा कोरोनाको संक्रमण बढ्दै गएकाले त्यहाँको सरकारले लकडाउनको अवधि लम्बाएको ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ

मस्कट प्रशासकीय क्षेत्र, मात्रा विलायत तथा जालन बानी बु अलि व्यवासायिक बजार क्षेत्रमा मे २९ राती १० बजेसम्म लकडाउन हुनेछ ।

यस्तै, ओमानमा कोरोनाको कारण समस्यामा परेका नेपाली श्रमिकको दूतावासले तथ्याँक सङ्कलन गर्न थालेको छ । आफ्नो विवरण अनलाइनमार्फत भर्न दूतावासले अनुरोध गरेको छ । 

विवरण भर्न यहाँ क्लिक गर्नुहाेस्

कोरोना भाइरसको कारणले ओमानमा कुनै समस्या परेमा नेपाली दूतावासको ह्वाट्स्एप नम्बर ७१५९२४९०, टेलिफोन २४६९६१७७,२४६९, ८८३ मा सम्पर्क गर्न सकिन्छ । यस्तै हटलाइन नम्बर ७१५९२४९०, ७१५३०८४० मा फोन गरेर पनि आफ्नो समस्या राख्न सकिने दूतावासले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया