कतार र मलेसियाबाट घर फर्कनेले फेरि विवरण भर्नुपर्ने, दूतावासमा सम्पर्क व्यक्ति तोकियो

 जेठ २८, २०७७ बुधबार १४:६:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कतार र मलेसियामा समस्यामा परेका र घर फर्कन चाहने नेपालीले फेरि दूतावासमा आफ्नो विवरण टिपाउनुपर्ने भएको छ ।

मलेसियामा कोरोना सङ्क्रमण घट्दै गएको र आर्थिक गतिविधि पनि फेरि सुरु हुन थालेकाले यसअघि घर फर्कन खोज्नेमध्ये केहीले उतै बस्ने मनस्थिति बनाएपछि पुनः विवरण जाँच गर्नुपर्ने भएको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले बताउनुभएको छ ।  

विवरण भर्न यहाँ क्लिक गर्नुहोस्

साथै समस्यामा परेका र स्वदेश फर्कनैपर्ने नेपालीको स्वदेश फिर्ती सहजीकरण गर्न सरकारले जारी गरेको आदेश अनुसार थप विवरण आवश्यक भएको भन्दै दूतावासले फेरि विवरण मागेको हो । मलेसियामा रहेका नेपाली दूतावासले तत्काल स्वदेश फर्काउनुपर्ने ६ हजार ४२५ जनाको सूची परराष्ट्र मन्त्रालयमा पठाइसकेको छ ।

मलेसियामा रहेका नेपाली दूतावासले तत्काल स्वदेश फर्काउनुपर्ने ६ हजार ४२५ जनाको सूची परराष्ट्र मन्त्रालयमा पठाइसकेको छ ।

अब फारम भर्दा नेपाल फर्कन चाहनेले हवाई भाडा, क्वारेण्टीन  र स्थानीय यातायातको खर्च आफैंले व्यहोर्न मञ्जुर हुनपर्नेछ । सरकारले जारी गरेको आदेश अनुसार स्वदेश फर्कने नेपालीले आफैंले हवाइ भाडा तिर्नुपर्ने व्यवस्था गरेको छ ।

साथै मलेसियामा रहेको दूतावासले ब्रुनाई र फिलिपिन्सबाट नेपाल फर्कर्नैपर्ने अवस्थामा रहेका नेपालीलाई पनि आफ्नो विवरण भर्न अनुरोध गरेको छ । 

विवरण भर्न यहाँ क्लिक गर्नुहोस्

कतारले पनि माग्यो थप विवरण

कतारमा रहेको नेपाली दूतावासले पनि त्यहाँ रहेका नेपालीसँग थप विवरण मागेको छ । समस्या अनुसार सम्पर्क गर्ने व्यक्तिसमेत दूतावासले तोकेको छ । कतारबाट स्वदेश फर्कन चाहने नेपालीको साथमा कोरोना जाँच (पीसीआर या आरटीडी) नेगेटिभ आएको रिपोर्ट अनिवार्य साथमा हुनुपर्छ ।

कोरोना जाँचका सम्बन्धमा दूतावासले फेरि जानकारी गराउने जनाएको छ । हवाइ उडान, होटल क्वारेण्टीन खर्च र अन्य स्थानीय यतायात खर्च आफैंले व्यर्होनु पर्नेछ । कतारमा रहेको नेपाली दूतावासले त्यहाँ समस्यामा परेका र तत्काल नेपाल फर्काउन पर्ने ३ हजार ६०८ जनाको सूची परराष्ट्रलाई पठाएको छ । 

समस्या अनुसार सम्पर्क गर्ने व्यक्ति पनि तोकियो

कतार आईडी र भिसा समाप्त भएका आईडी रद्द भएका, श्रम करार अवधि समाप्त भएका वा रोजगारी गुमाएका, वार्षिक र बेतलबी बिदामा रहेकाहरुले फेरि फारम भर्नु पर्नेछ भने अन्य समस्या भएकाहरुको हकमा दूतावासले सम्पर्क व्यक्ति तोकेको छ ।

कोरोना बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएका, सुत्केरी तथा गर्भवती, ज्येष्ठ नागरिक र अपांगता भएकाहरुले दूतावासकी तृतीय सचिव मनिषा शर्मालाई ६६९६३६१६ मा सम्पर्क गर्न भनिएको छ । 

कतारबाट आफन्तको मृत्यु भई काजकिरियाका लागि नेपाल आउनुपर्नेले दूतावासकी तृतीय सचिव  जिना अधिकारीलाई ३३८८०३२१ मा फोन गर्न दूतावासले अनुरोध गरेको छ । कोरोना बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएका, सुत्केरी तथा गर्भवती, ज्येष्ठ नागरिक र अपांगता भएकाहरुले दूतावासकी तृतीय सचिव मनिषा शर्मालाई ६६९६३६१६ मा सम्पर्क गर्न भनिएको छ । 

अध्ययन समाप्त भएका विद्यार्थी (इन्टर्नसमेत), पारिवारिक पुनर्मिलनका लागि कतारमा गएका तर फर्कन नपाएका, पर्यटक तथा व्यापारिक भिसामा गएकाहरुले दूतावासका द्वितीय सचिव प्रवीण भट्टराईलाई ६६९५०७२४ मा सम्पर्क गर्नु पर्नेछ ।

यस्तै कतारको आईडी र भिसा समाप्त भएका आईडी रद्द भएका, श्रम करार अवधि समाप्त भएका वा रोजगारी गुमाएका, वार्षिक र बेतलबी बिदामा रहेकाहरुले भने फेरि अनलाइन फारम भर्नु पर्नेछ । 

तर दूतावासका अनुसार एउटै कम्पनीबाट पाँचभन्दा बढी व्यक्ति नेपाल फर्कन पर्ने भएमा फारम भर्नु पर्दैैन । यस्तो अवस्थामा कम्पनीका प्रतिनिधिले दूतावासका पब्लिक रिलेसन अफिसर अलिमुद्दिन मो. रसुल मियालाई ७०४५३३८८ मा सम्पर्र्क गरी एकमुष्ट नामावाली उपलब्ध गराउनेछन् । 

स्वदेश फर्कन चाहनेलाई दूतावासले रोजगारदाताबाट पाउने सेवा सुविधा प्राप्त हुने सुनिश्चित गरेर मात्र फाराम भर्न भनेको छ भने कतार सरकारको कानूनबमोजिम बहन गर्नुपर्ने कुनै पनि दायित्वको कारणले नेपाल जान नमिल्ने भएमा व्यक्ति स्वयं जिम्मेवार हुन पनि अनुरोध गरेको छ । 

यूएईमा पनि तोकियो समस्या अनुसार सम्पर्क गर्ने व्यक्ति

यूएईमा रहेको नेपाली दूतावासले पनि समस्या अनुसार सम्पर्क गर्ने व्यक्ति तोकेको छ । समस्यामा पर्ने धेरै हुँदा सबैले एउटै नम्बरमा फोन गर्दा फोन नउठ्ने जस्ता समस्यामा भएको भन्दै दूतावासले सहज प्रक्रियाका लागि सम्पर्क व्यक्ति तोकेको छ । 

दूतावासले इमेल र टेलिफोनको चाप बढी भएकाले कतिपय अवस्थामा दोहोरो सम्पर्क हुन नसकेको भन्दै आफ्नो समस्या अनुसार सम्पर्क गर्न फरक–फरक सम्पर्क नम्बर तोकेको छ ।

दूतावासले इमेल र टेलिफोनको चाप बढी भएकाले कतिपय अवस्थामा दोहोरो सम्पर्क हुन नसकेको भन्दै आफ्नो समस्या अनुसार सम्पर्क गर्न फरक–फरक सम्पर्क नम्बर तोकेको छ ।

गर्भवती, कोभिड बाहेकका बिरामी, आफन्त गुमाएकाहरु, विद्यार्र्थी तथा इन्टर्नसिप गरिरहेकाहरुले रीता धिताललाई ०५०८१८०२८० नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।

यस्तै व्यक्तिगत तथा कम्पनी भिसा र भिजिट भिसाको समस्या भएकाले निर्मला थापा र मोतिराम भुसाललाई ०५४५०५३२५० मा सम्पर्क गर्न सकिनेछ । 

पासपोर्ट र प्रमाणीकरणको लागि नारायण ज्ञवालीलाई ०५८९०९५४०४ मा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ । आफ्ना समस्या इमेल [email protected] मा पनि पठाउन सकिनेछ ।

साउदीबाट स्वदेश फर्कनेले पनि थप विवरण बुझाउनु पर्ने

साउदीमा रहेको नेपाली दूतावासले समस्यामा परेका नेपालीलाई स्वदेश फिर्तीका लागि थप विवरण उपलब्ध गराउन अनुरोध गरेको छ । स्वदेश फर्कनैपर्ने अवस्थामा रहेकाले दूतावासमा आफ्नो विवरण टिपाएको भए पनि स्वदेश फिर्तीका लागि थव विवरण आवश्यक भएको भन्दै दूतावासले इमेल र फोनमार्फत विवरण टिपाउन अनुरोध गरेको हो ।

यी विवरण उपलब्ध गराउनुहोस् :

स्वदेश फर्कनका लागि बहिर्गमन भिसा लागेका, करार अवधि सकिएका, रोगजारी गुमाएका, एक्जिट भिसा लागेका महिला, गर्भवती, पारिवारिक भिजिट भिसामा पुगेकाहरु, अकामा नवीकरण नगरिएका वा नबनाइएका, आफन्तको मृत्यु भएका, कोरोनाबाहेक अरु बिरामीहरु, रोजगारीसहित बिदामा गएका अध्ययन सकेर नेपाल फर्कनुपर्ने विद्यार्थी लगायतले फारम भरेका छन् । उनीहरुको स्वदेश फिर्तीका लागि दूतावासले समन्वय गर्ने हुँदा थप विवरण भर्न दूतावासले अनुरोध गरेको छ ।

पेश गर्नुपर्ने थप विवरण :

बहिर्गमन भिसा र राहदानीको कपि ।

बिरामी भएकाहरुले चिकित्सकको प्रमाणपत्र, औषधिको प्रेस्किप्सन । (जहाजमा उड्न कठिनाइ हुने बिरामीलेसमेत यो विवरण खुलाउनुपर्नेछ ।)

आफन्तको मृत्यु भई काजकिरियाका लागि नेपाल फर्कनुपर्नेले कारणसहितको स्वघोषणा ।

नेपाल फर्कनुपर्ने विध्यार्थीहरुको अध्ययन सकिएको वा बिदा आदिको कागजात ।

दूतावासले आवश्यक विवरण [email protected] र ०५०००३१७०५ नम्बरमा ह्वाट्स्एपमार्फत पठाउन अनुरोध गरेको छ ।

अरु देशमा रहेका दूतावास पनि विवरण सङ्कलन गर्दै

खाडीका ६ देश र मलेसियाबाट मात्रै ४० हजारभन्दा धेरै नेपालीले त्यहाँ समस्यामा परेर स्वदेश फर्कने इच्छासहित दूतावासमा आफ्नो विवरण टिपाएका छन् । यूएई र म्यानमारबाट केही नेपाली स्वदेश फर्किसकेका छन् ।

अहिले मलेसिया, कतार जस्तै कुवेत, बहराइन, साउदी लगायत देशमा रहेका नेपाली दूतावासहरु फर्काउनैपर्ने र समस्यामा परेका नेपालीको विवरण सङ्कलन गरिरहेका छन् । 

बहराइनले पठायो प्राथमिकतामा परेको नेपालीको विवरण

बहराइनले पनि कोरानोको कारण समस्यामा परेर स्वदेश फर्काउनुपर्ने नेपालीको विवरण पठाइसकेको छ । बहराइनमा झण्डै ९ सय नेपाली सरकारले तोकेको प्राथमिकतामा परेको र उनीहरुको विवरण दूतावासले नेपाल पठाइसकेको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले जानकारी दिनुभयो ।

बहराइनबाट स्वदेश फर्कने नेपालीको निःशुल्क कोरोना जाँचको लागि दूतावासले त्यहाँको सरकारसँग अनुरोध गरेको छ । तर के हुन्छ भन्नेबारे जवाफ नआएको राजदूत सुन्दासले बताउनुभयो ।

बिरामी, भिसा सकिएका, कामबाट निकालिएका, विद्यार्थी, गर्भवती लगायतलाई दूतावासले प्राथमिकतामा राखेको छ । आफ्नो अवस्थासहित दूतावासमा विवरण टिपाउनेको सङख्या भने धेरै छ ।

बहराइनबाट स्वदेश फर्कने नेपालीको निःशुल्क कोरोना जाँचको लागि दूतावासले त्यहाँको सरकारसँग अनुरोध गरेको छ । तर के हुन्छ भन्नेबारे जवाफ नआएको राजदूत सुन्दासले बताउनुभयो ।

विभिन्न कारणले स्वदेश फर्कन खोज्ने नेपालीको सङ्ख्या धेरै भए पनि सरकारले प्राथमिकताको आधारमा ल्याइने बताएको छ । नेपालीको उद्धारका लागि दिनमा १० वटासम्म उडान अनुमति दिने निर्णय भइसकेको छ ।

सरकारले विदेशबाट फर्काइने नेपालीको लागि काठमाण्डौमा प्रदेश अनुसार होल्डिङ सेन्टरको समेत व्यवस्था गरिसकेको छ । होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य जाँच गरेपछि उनीहरुलाई नेपाली सेनाको संयोजनामा सम्बिन्धत जिल्ला सदरमुकामसम्म पुर्याइनेछ ।

आफ्नो पालिकाले व्यवस्था गरेको क्वारेण्टीनमा १४ दिन बसेपछि मात्रै उनीहरु घर फर्कन पाउनेछन् । घरमा पनि ७ दिनसम्म होम क्वरेण्टीनमा बस्नु पर्नेछ ।
 

तपाईको प्रतिक्रिया