साउदीमा ज्यान गुमाएका नेपालीका हकवालाले पाउनुपर्ने २ करोड ४६ लाख रुपैयाँ दूतावासले नेपाल पठायो

 असार ३, २०७७ बुधबार १९:५४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउदीमा विभिन्न कारणले ज्यान गुमाएका नेपालीका हकवालाले पाउनुपर्ने रकम साउदीको दूतावासले नेपाल पठाएको छ । तलबभत्ता, बीमा, ब्लडमनी, जीवन बीमा र सर्भिस बेनिफिट बापत पाउनुपर्ने ७ लाख ५८ हजार ७१६ साउदी रियाल अर्थात आजको विनिमय दर अनुसार २ करोड ४६ लाख ३२ हजार रुपैयाँ दूतावासले कन्सुलर सेवा विभागमा पठाइएको दूतावासले जनाएको छ ।

यस्तै ६८ जना मृतकका आफन्तलाई ब्लडमनी बापतको झण्डै ५६ लाख ६५ हजार ५ सय साउदी रियाल अर्थात आजको विनिमय दर अनुसार १८ करोड ३९ लाख रुपैयाँ पनि सम्बन्धित पक्षबाट असुल उपर गरी सम्बन्धित परिवारलाई उपलब्ध गराउने प्रयास भइरहेको दूतावासले विज्ञप्तीमा उल्लेख गरेको छ ।

दुर्घटनामा दोस्रो पक्षको संलग्नतामा ज्यान गुमाएका नेपालीको हकवालाको तर्फबाट बहस पैरवी हुँदै आएको र दूतावासले मुद्दा जितेका, तर रकम असुल गर्न बाँकी ६८ मृतकका ब्लड मनि बापतको रकम परिवारलाई उपलब्ध गराउने प्रयास भैरहेको दूतावासको भनाई छ ।

कोभिड १९ को संक्रमणबाट उत्पन्न अवस्थाका कारण साउदीमा अदालतको काम नियमित नभैसकेको र अवस्था सामान्य हुनासाथ अरु मुद्दाको नियमित फलोअप गरिने पनि दूतावासले जनाएको छ ।

कसको नाममा कति रकम आयो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया