सिद्धबाबामा सुरुङ खन्ने काम अन्तिम चरणमा, अब ८ मिटर मात्रै बाँकी
पुस २४, २०८१ बुधबार
काठमाण्डाै – नेकपा एमालेले नेपाली कांग्रेससँगको सरकारलाई थप प्रभावकारी बनाएर सफल बनाउनुको विकल्प नभएको निष्कर्ष निकालेको छ ।
अस्ति आइतवारदेखि शुरू भएको केन्द्रीय समितिको बैठकले १४ बुँदे घोषणा पारित गर्दै कांग्रेससँगको गठबन्धन सफल बनाउनुपर्ने निष्कर्ष निकालेको हो । एमाले र कांग्रेस सम्मिलित संयुक्त सरकार गठन भएसँगै देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको एमालेको निष्कर्ष छ ।
यस्तै गम्भीर सामाजिक चुनौतीका रूपमा रहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न सरकारले शुरू गरेका कदमहरू सकारात्मक रहेको भन्दै बैठकले भ्रष्टाचारको अनुसन्धान, अभियोजन र न्याय निरूपणका लागि स्थापित राज्यका निकायहरूलाई अझ अधिकार सम्पन्न र साधन स्रोतले युक्त बनाउन, भ्रष्टाचारका विरुद्ध सामाजिक जागरण वृद्धि गर्न, सहकारी बचतकर्ताहरूको रकम सुरक्षित साथ फिर्ता हुने कुरा सुनिश्चित गर्न, अनियमिततामा मुछिएका जोसुकैका विरुद्ध निर्ममतापूर्वक प्रस्तुत हुन र भ्रष्टाचार भएको भनी चर्चामा रहेका सबै प्रकरणहरूको यथाशीघ्र छानबिन गरी निष्कर्षमा पुर्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।
यस्तै एमालेले दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति गर्न, महँगी नियन्त्रण गर्न, कालोबजारी, मिसावट नियन्त्रण गर्नका लागि बजारको प्रभावकारी अनुगमन तथा नियमन गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
किसानहरूले उत्पादनको मूल्य पाउने कुरा सुनिश्चित गर्न, बिचौलियाको बिगबिगी अन्त्य गर्न र स्वदेशी कृषि उत्पादनको संरक्षण गर्न पनि एमालेले माग गरेको छ ।
यस्तै संविधानका प्रगतिशील अन्तरवस्तुहरूको संरक्षण र राजनीतिक स्थायित्वलाई सुनिश्चित गर्ने गरी वृहत् समझदारी र सहभागितामा संविधानको समयानुकूल संशोधनको प्रक्रिया अगाडि बढाउन पनि बैठकले सरकारलाई आग्रह गरेको छ ।
यस्तै मिथ्या सूचना, दुराशययुक्त सूचना र कुन्ठायुक्त सूचनाले समाजमा विभाजन, प्रदूषण र नैराश्य सिर्जना गरिरहेको भन्दै यसलाई रोक्न राज्यका नियामक निकायहरूको भूमिका थप प्रभावकारी बनाउन एमालेको बैठकले सरकारसँग आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।