पुन: रोजगारीका लागि बहराइन जान चाहनेको सूची सार्वजनिक, अब जाँदा यी नियम अनिवार्य

 भदौ १९, २०७७ शुक्रबार १३:८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बिदामा नेपाल आएका र फेरि रोजगारीका बहराइन जान खोज्ने २११ जनाको सूची सार्वजनिक भएको छ ।

बहराइनमा रहेको नेपाली दूतावासले बहराइन फर्कन खोज्ने नेपालीको सूची सार्वजनिक गर्दै फर्कंदा पूरा गनुपर्ने प्रक्रियाको बारेमा समेत सुझाएको छ ।

तपाईँको नाम दूतावासले जारी गरेको सूचीमा छ र बहराइन फर्कन चाहनुहुन्छ भने अब तपाईँले विभिन्न प्रक्रिया आफैंले गर्नु पर्छ । सबैभन्दा पहिले तपाईँसँग पीसीआर जाँच नेगेटिभ भएको रिपोर्ट, भ्यालिड भिसा, श्रम स्वीकृतिको कागजात साथमा लिएर यात्रा गर्नुपर्छ र बहराइनमा रोजगारदाताले काम दिन्छन् भन्ने कुराको जिम्मेवार स्वयं व्यक्ति आफैं हुनुपर्छ ।

बहराइन पुगेपछि बहराइन सरकारले जारी गरेको Beaware नाम एप डाउनलोड गरी त्यो एपमा मागेको विवरणहरु राख्नुपर्छ । बहराइन पुगेपछि बहराइन दिनार ३० तिरेर कोरोना परीक्षण गराउनुपर्छ ।

नेगेटिभ आएमा सात दिन आइशोलेसनमा बस्नुपर्छ र आइसोलेशनमा बसेको सात दिन पछि फेरि कोरोना जाँच गराउनुपर्छ । त्यसबेलामा पनि बहराइन दिनार ३० लाग्ने छ ।

यो खर्च व्यक्ति स्वयंले नै व्यहोर्नुपर्छ । नेपालबाट जानुअघि पनि नेपाल सरकारले लागू गरेका सबैखाले नियमहरु पालना गर्न पर्ने छ ।

बहराइन पुगिसकेपछि केही कारणबस अध्यागमनले अनुमति नदिएमा त्यसको जिम्मेवारी व्यक्ति स्वयंले नै लिनुपर्छ ।

1 Comments

तपाईको प्रतिक्रिया