सामाजिक अपमान र लाञ्छना विरुद्ध उठेको आत्मविश्वास

 असार २५, २०७८ शुक्रबार १३:२८:१९ | उज्यालो सहकर्मी

२६ वर्षीय उनले दुई वर्षअघि वैदेशिक रोजगारीमा गएका श्रीमानलाई गुमाइन् । दुई बालबच्चा छन् । श्रीमान् बितेपछि उनलाई कति समय त आफ्नै घरमा बस्न पनि गाह्रो भयो । डर लाग्ने, पिर चिन्ता हुने, समाजले पनि हेला होचो गर्ने गर्दा उनलाई रातभरि निद्रासमेत लागेन । तर नियमित मनोपरामर्शपछि अहिले उनी बिस्तारै अघि बढाउँदै छिन् । समाजले उनलाई हेर्ने दृष्टिकोण अहिले पनि साही छैन । तर मनोपरामर्शपछि भने आजकाल उनी आफ्नो बाटोमा अघि बढ्न समाजसँग डराउँदिनन् ।

तपाईको प्रतिक्रिया