भोलि घोडेजात्राको दिन पनि राहदानी विभाग खुला रहने

 चैत ६, २०७९ सोमबार १२:५४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भोलि मंगलबार घोडे जात्राको दिन पनि राहदानी विभाग खुल्ने भएको छ । बिहान १० बजेदेखि दिउँसो साढे दुई बजेसम्म कार्यालय खुल्ने विभागले जनाएको छ ।

काठमाण्डौ उपत्यकामा घोडेजात्राको दिन सार्वजनिक बिदा दिइन्छ । तर अत्यावश्यक सेवाको रुपमा लिइएको राहदानी सेवा लिन आउने सेवाग्राहीलाई मर्का नपरोस् भनेर घाेडेजात्राकाे दिन पनि केही समय कार्यालय खुला गरिने विभागले जनाएकाे छ ।

 

तपाईको प्रतिक्रिया