२०८० सालमा शनिवारबाहेक ३५ दिन बिदा, सार्वजनिक बिदामा पनि सरकारी कार्यालय खुल्ने

 चैत ३, २०७९ शुक्रबार ९:१२:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सार्वजनिक बिदामा पनि सरकारी कार्यालय खुल्ने भएका छन् । आउँदाे वर्ष २०८० सालको सार्वजनिक बिदा राजपत्रमा प्रकाशित भएको छ । राजपत्रमा बिदाका दिन पनि विभिन्न सरकारी कार्यालय खुल्ने उल्लेख गरिएको हो ।

बिदाका दिन नागरिकता, राहदानी, भन्सार तथा राजस्व सम्बन्धी सेवा, सवारी अनुमति पत्र लाइसेन्स, सवारी साधन दर्ता तथा नवीकरण लगायत यातायात व्यवस्थापन सम्बन्धी सेवा, खानेपानी, भेटेरिनरीलगायत सेवाका कार्यालयहरु खुल्नेछन् ।

यस्तै, प्रदेश सरकार र पालिकाले तोकेका सार्वजनिक सेवा प्रवाह सम्बन्धी अन्य सेवा, बैङ्किङ तथा बीमा सम्बन्धी कारोबार पनि बिदाका दिन हुनेछन् ।

अस्पताल, दुरसञ्चार (साइबर सेक्युरिटी तथा इन्टरनेसमेट), अध्यागमन, फोहरमैला व्यवस्थापन, फायरबिग्रेड, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, हुलाक, शान्ति सुरक्षा, विपद् आदिजस्ता रोजाना र आकस्मिक सेवा प्रदान गर्ने मन्त्रालय, विभाग तथा कार्यालयले सार्वजनिक बिदाका दिनमासमेत दैनिक काम नरोकिने गरी सेवा प्रवाह गर्नुपर्नेछ । तर, सार्वजनिक बिदाका दिन सेवा प्रवाह गर्न खटिने कर्मचारीले त्यसरी खटिएबापत सट्टा बिदा पाउनेछन् ।

२०८० सालमा शनिवारबाहेक विभिन्न चाडपर्व, दिवस र जन्मजयन्ती गरी ३५ दिन सार्वजनिक बिदा दिइएको छ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया