नेपाली पार्कर खेलाडी दिनेश सुनार २०औं पटक गिनिज बुकमा नाम ...
पुस ७, २०८१ आइतबार
काठमाण्डौ – वैदेशिक रोजगारीबाट फर्कने श्रमिकलाई सुन बोक्न लगाउने १२ जनालाई पक्राउ गरी प्रहरीले सोमबार १२ जनालाई सार्वजनिक गरेको छ ।
विभिन्न समयमा वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरू तोकिएकोभन्दा बढी सुन ल्याएका कारण विमानस्थलमै पक्राउ पर्ने गरेका छन् । तर कानुन अनुसार तोकिएको जति मात्र सुन ल्याएमा यसरी पक्राउ परिँदैन र भन्सार शुल्क पनि तिर्न पर्दैन ।
सुनको गहनाको हकमा महिला हो भने ५० ग्रामसम्म सुनको गहनामा भन्सार तिर्न पर्दैन । पुरुषका हकमा भने वैदेशिक रोजगारीबाट फर्कँदा २५ ग्रामसम्म सुनको गहना ल्याउँदा भन्सार तिर्न पर्दैन ।
त्यसमा पनि एक जना व्यक्तिले थप दुई सय ग्रामसम्म सुनको गहना भन्सार विन्दुमा महसुल तिरेर साथमा ल्याउन पाइन्छ । गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औँठी, बाला, सिक्रीजस्ता रसायन प्रयोग नगरिएका सुनलाई भने गहनाको मान्यता नहुने भन्सार विभागले जनाएको छ ।
यस्तै वैदेशिक रोजगारीबाट फर्कने श्रमिकले ल्याउने मोबाइलमा पनि छुटको व्यवस्था गरिएको छ । विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्न पर्दैन ।
यसका साथै श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरेर फर्किएका यात्रुले आफ्नो साथमा थप एउटा मोबाइल भन्सार नतिरी ल्याउन पाउँछन् । तर यस्तो मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नु पर्छ ।
श्रम स्वीकृति लिएर गएका श्रमिकले ल्याउने टेलिभिजनमा पनि सरकारले छुट् दिएको छ । श्रम स्वीकृति लिई विदेशमा एक वर्ष काम गरी गरी सामाजिक सुरक्षा कोषमा आबद्ध भएका श्रमिकले जस्तोसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा पनि भन्सार लाग्दैन ।
तर श्रम स्वीकृति लिएर गएको भए पनि वा एक वर्ष काम गरेरै फर्किएको भए पनि सामाजिक सुरक्षा कोषमा आबद्ध नभएका श्रमिकले भने ३२ इन्चसम्मको टेलिभिजनमा मात्र भन्सार शुल्क छुट् पाउँछन् । ३२ इन्चभन्दा ठुलो टिभी ल्याएमा भन्सार शुल्क तिर्न पर्छ ।
यसबाहेक अन्य अवस्थामा भने विदेशबाट फर्कने यात्रुले ल्याएको टिभीमा भन्सार शुल्क तिर्न पर्छ ।
Mahesh bahadur chand
July 11, 2023, 4:12 p.m.मैले बिदेश बाट एक सेट माेबाईल लिएकाे छु म 3 महिनकाे dursations visha थियाे 2022/10/22 गऐकाे अनि return 2023/01/05 नेपाल आएकाे आउदा माेबाईल लिएकाे । तर म 2022 काे बिश्व कप फुटबल खेलमा working visha ma गएकाे world cup football in Qatar जादा खेरि सबै प्रक्रिया पूरा गरेर गएकाे श्रम स्वकृति गरेरै गएकाे तर माेबाईल ल्याउद नेपल सरकारले पछिल्लो समय हेरदै बिदेश बाट अनाधिकृत रुपमा माेबाईल फाेन भित्रीने क्रममा माेबाईल दर्ता गरेने system ल्यएकाे रहेछ mdms ma mobile. Divish mangmante system मा दर्ता गर्नुपर्ने रहेछ उत्त mdms मा ३।४ चाेटि दर्ता गरदा पनि दर्ता भैईराकाे छैन अब मैले के गरने साउन १ गते बाट पुणरुप मा नचल्ने भएपछि