राम मण्डल धानुक / साउदी अरेबिया

प्रश्नः मेरो अकामाको म्याद दुई बर्ष देखि सकिएको छ । कम्पनीले नयाँ बनाइदिदैन । म घर फर्किन चाहान्छु । म के गरु ?



 

उत्तरः अकामा सम्बन्धित समस्या साउदीमा रहेको नेपाली दूतावासमा राख्नुहोस् । दूतावासले कि त कम्पनीसँग समन्वय गरेर अकामा बनाउन सहयोग गर्छ कि त स्वदेश फिर्तीका लागि समन्वय गर्छ ।

साउदीमा रहेको नेपाली दूतावासको  ०११४६१११०८ नम्बरमा सम्पर्क गर्नुहोस् । बिदाको दिन अथवा कार्यालय समयभन्दा अघि र पछि बेलुका ८ सम्म दूतावासको हटलाइनमा ०५५९३८९६०० नम्बरमा  सम्पर्क गर्न सकिन्छ ।