प्रकाश अधिकारी
प्रश्न: वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा श्रम अवधि भित्रै दुवै मृगौला फेल भयो भने विमा वा अन्य कुनै निकायबाट कुनै प्रकारको सहयोग मिल्ला कि नमिल्ला ?


 

उत्तर: राजन प्रसाद श्रेष्ठ, वैदेशिक रोजगार बोर्ड - श्रमिक विदेशमै छ भने आफू कार्यरत कम्पनीले नै उपचार गरिदनुपर्छ । यदि कम्पनीले उपचार गरेन भने र विदेशमा होस् या स्वदेश फर्केर व्यक्ति आफ्नै खर्चमा उपचार गरेको खण्डमा अस्पतालको कागजात, पालिकाको सिफारिस, विदेशमा काम गरेको प्रमाण, श्रम स्वीकृतिको फोटोकपि, वैदेशिक रोजगार बोर्डमा पेश गरेमा ७ लाख रुपैयाँसम्मको आर्थिक सहयोग मिल्छ ।