अमेरिकाले फिलिपिन्सलाई २० वटा एफ–१६ लडाकू विमान बिक्री गर्ने
चैत २०, २०८१ बुधबार
प्रश्न: रोजगार सेवा केन्द्र भनेको के हो ? मैले पहिलो पल्ट सुन्दै छु । यसले कसरी काम गर्छ ?
उत्तर: रोजगार सेवा भनेको स्थानीय तहबाट आन्तरिक रोजगार साथसाथै बैदेशिक रोजगारको सम्बन्धमा सूचना प्रवाह गर्ने, आन्तरिक रोजगारीका अवसरबारे जानकारी दिने, रोजगारीमा रहेका व्यक्तिको सुचीकरण गरिदिने, वर्षदिन भरीमा न्युनतम एक सय दिनको पनि रोजगारी नपाएका व्यक्तिहरुको सुचीकरण गर्ने र प्राथमिकता अनुसार नेपाल सरकारबाट प्राप्त बजेट सिलिङ्गभित्र रहेर उनीहरुलाई न्युनतम रोजगारीको प्रत्याभूत गर्ने र रोजगारीमा आबद्ध गराउन रोजगारदाता र रोजगार उपलब्ध गराउने संस्था बीचको रेफ्रल सेवा दिने संयन्त्र रोजगार सेवा केन्द्र हो । यसको शुरुवात आर्थिक वर्ष २०७५÷७६ बाट भएको हो । यो नेपालको ७५३ स्थनीय तहमा सञ्चालित छन् । अहिले प्रत्येक रोजगार सेवा केन्द्रमा रोजगार संयोजक, रोजगार सहायक र प्राविधिक सहायक गरेर तीनजना कर्मचारी हुनुहुन्छ । यसको उद्देश्य स्थानीय तहबाटै रोजगार सम्बन्धी सूचना र सेवा उपलब्ध गराउनु हो ।
(बसन्त बहादुर बाहोरा, उपसचिव, प्रधानमन्त्री रोजगार कार्यक्रम)