प्रश्न: बैदेशिक रोजगारमा जानका लागि रोजगार सेवा केन्द्रबाट कस्तो सेवा लिन सकिन्छ ? 


 

उत्तर: पहिलो पटक बैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ भने आफ्नो राहदानी, जान लाग्नुभएको देशको भिसा, जुन कम्पनीमा काम गर्न लाग्नुभएको हो त्यो कम्पनीसँग तपाईंको सम्झौता, तपाईंको स्वास्थ्य जाँचको प्रमाण पत्र आवश्यक पर्छ । साथै, तपाईंले कल्याणकारी कोषमा पन्ध्र सय रुपौंया जम्मा गर्नुपर्ने हुन्छ, त्यसको रसिद चाहिन्छ । पुर्व प्रस्थान अभिमुखिकरण तालिम लिएको प्रमाण पत्र, बीमा गरेको प्रमाण र सामाजिक सुरक्षा कोषमा रकम बुझाएको प्रमाण— यी कागजपत्रहरु लिएर आफ्नो नजिकमा रहेको रोजगार सेवा केन्द्र जानुभयो भने तपाईंलाई फारम भरिदिन वा भनौं श्रम स्वीकृतिमा सहजीकीकरण गर्न मद्दत गर्नुहुन्छ ।