प्रश्न: सरकारले हाम्रो लागि रोजगार सेवा केन्द्र त शुरु गर्यो तर यसबारे धेरैलाई जानकारी नभएको जस्तो लाग्छ ।


 

उत्तर: हुन त रोजगार सेवा केन्द्र स्थापना भएको पाँच वर्ष भइसक्यो । तर, स्थापनाकालमा यसले सामाजिक संरचनामा बढी केन्द्रित रहेर काम गर्यो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको रोजगार सेवा केन्द्रले बैदेशिक रोजगारीमा जाने श्रमिकको श्रम स्वीकृतिमा सहजीकरणका लागि काम थालेको जम्मा एक वर्ष भयो । यहि कारणले यसको व्यापकता सबै ठाउँसम्म नपुगेको हो । सञ्चारको पाटोमा हाम्रो कमी कमजोरी रहेको पनि हुन सक्दछ । तर, यो एक वर्षमा हामीले निक्कै काम गरेका छौं । यसलाई अझ राम्रो बनाउन हामीले श्रमलाई बजारसँग जोड्ने र बजारलाई आन्तरिक सीपसँग जोडेर दिर्घकालिन आन्तरिक रोजगारी सृजना गर्ने योजना बनायौं भने सबैलाई फाइदा हुन्छ भन्ने मेरो बुझाई छ । साथै, यसलाई अझै प्रवाभकारी बनाउन सामाजिक सुरक्षा कोष, कल्याणकारी कोष र श्रम स्वीकृतिका विषयलाई एकै बनाएर योजना बनाएर काम गर्यौं भने राम्रो हुन्छ ।