प्रश्न: रोजगार सेवा केन्द्रबाट सेवा लिंदा हामीले के कस्तो कागजपत्र तयार गर्नुपर्छ ? कागजपत्र नमिल्दा वा अपुग भए के उपाय हुन सक्छ ?


 

उत्तर: रोजगार सेवा केन्द्रबाट तपाईंले कस्तो सेवा लिन चाहनुभएको हो त्यस बमोजिमको कागजपत्रहरु तयार गर्नुपर्ने हुन्छ । नत्र तपाईंले लिन खोज्नुभएको सेवा लिन तपाईंलाई अप्ठ्यारो पर्छ । मानौं बैदेशिक रोजगारीमा जाने हो भने तपाईंले त्यहि अनुुसारको कागजपत्रहरु लिएर जानुपर्यो । श्रम स्वीकृति वा पुनः श्रम स्वीकृतिका लागि सोहि अनुसारको फारम भर्नुपर्छ । आन्तरिक रोजगारीका लागि हो भने तपाईंले पढ्नुभएको विषय, सीप सिक्नुभएको विवरण सहितको फारम भरेर बुझाएपछि रोजगार सेवा केन्द्रले तपाईंलाई बजारसँग आबद्ध गराउँछ ।