प्रश्न: अहिले आन्तरिक रोजगारीको अवस्था कस्तो छ ?


 

उत्तर: हामीले आन्तरिक रोजगारीको कुरा गरिरहँदा वैदेशिक रोजगारीको कुरालाई छुटाउन हुँदैन । गएको फागुनसम्मको तथ्याङ्क हेर्ने हो भने ५९ लाख उनान्नसत्तरी हजारले श्रम स्वीकृति लिएको देखिन्छ । यसले नेपालको ठूलो जनशक्ति विदेशमा रहेको देखिन्छ । अहिले नेपालमा ४० प्रतिशत युवा छन् । यो जनशक्तिलाई नेपालमा नै काम दिन वा भनौं रोजगारी सृजना गर्न अत्यावश्यक देखिन्छ । त्यसैले पनि यो श्रमाधान रोजगार मेलाको आयोजना गरिएको हो । त्यसबाहेक वैदेशिक रोजगारीमै जान चाहने युवाले सहि सूचना पाउन आवश्यक ठानिएकोले यो मेलाले ती वर्गलाई पनि समावेश गर्यो । विशेषगरी, आन्तरिक रोजगारीकै कुरा गर्दा यो मेलाले रोजगारी दिने र रोजगारी खोजिरहेकाको भेट गरायो, यी दुई पक्षलाई टेवा पुर्यायो भन्नेमा हामी विश्वस्त छौं । यसले आन्तरिक रोजगारीमा पक्कै टेवा पुर्याउँछ ।