प्रश्न: श्रमाधान रोजगार मेला जेठ १७ गतेदेखि ३० सम्म चलेको मेलाको योजना बनाउँदा अनुसन्धन पक्कै भएको थियो । त्यसमा के कस्ता तथ्याङ्क आएको थियो ? 


 

उत्तर: अहिले कुनैपनि काम अनुसन्धान बिना पुरा हुँदैन । यो मेलाको आयोजना गर्नु अघि हामीले रोजगारीको सबै पक्ष जस्तै देशमै रोजगार हुने, विदेश जाने, विदेशबाट फर्किएपछि नेपालमा के गर्नेभन्ने बारे अनुसन्धान गरेका थियौं । र, अनुसन्धानले अहिले पनि वैदेशिक रोजगारीमा जान चाहनेसँग पुरा सूचना नभएको, देशमा केहि गर्न चाहनेसँग लगानीको कमी भएको वा लगानी गर्न सक्ने अवस्था नहरेको जस्तो तथ्याङ्क देखिएको छ । रोजगारीको खोजी गरिरहेकाहरुलाई रोजगार दिने व्यक्ति र संस्थासँग भेट गरायौं । तथ्याङ्कमा हेर्ने हो भने रोजगारीको खोजीमा रहेका युवाको संख्या १७ हजार थियो । त्यसैले हामीले यो मेलामा निजि क्षेत्रलाई जोड्यौं । उद्योग वाणिज्य महासंघ, होटल संघ जस्ता संस्थालाई सह आयोजक बनायौं । अहिले १४ हजार जनाले हामी रोजगारी दिन्छौं भन्नुभएको छ । मेला अवलोकन गर्नेको संख्या ४० हजार थियो । यसका लागि रोजगार बैंकको अवधारणा ल्याएका छौं । यो आउँदो आर्थिक वर्षबाट सञ्चालनमा आउँछ ।