प्रश्न: व्यवसायिक तथा सीप विकास प्रतिष्ठान अहिले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान भएको छ । यसो किन गरिएको हो ? 


 

उत्तर: आफूले सिकेको सीपलाई व्यवसायमा प्रयोग गर्ने र जिविकोपार्जनमा लैजाने भएकोले व्यवसायिक तथा सीप विकास समितिलाई अहिले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान भनिएको हो । गठन आदेश भएर आएसँगै यसको दायरा, यसले दिने तालिम, सीप परीक्षण, दर्ता प्रक्रिया, तालिमका लागि तय गरिने सामाग्री र सीपको प्रमाणीकरण गरिने विषयवस्तु सबै कार्यक्षेत्र फराकिलो भएका छन् । पहिला यसको कार्यक्षेत्र बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा सिमित थियो । तर, अहिले देशव्यापी भएको छ ।