प्रश्न: नेपालमा कस्तो सीप सिकेर विदेश जान सकिन्छ ? 


 

उत्तर: यसका लागि विभिन्न प्रकारका सीपहरु लिन सकिन्छ । अहिले विशेषगरी, स्वास्थ्य सेवा विशेषगरी रेखदेख गर्ने काम, अटो मोबाइल, गाडी बनाउने र पर्यटन क्षेत्र जस्तै, पकाउने, बारिस्टा, वेटर लगायतका काम सिकेर जाँदा राम्रो । यी क्षेत्रमा कमाई पनि राम्रो छ । कामको सन्तुष्टि पनि हुन्छ । पुरुषहरुको लागि अझै निमार्ण क्षेत्रको काममा पनि धेरै माग छ । हामीले काम सानो ठूलो भन्नुभएन । काम गर्न अप्ठ्यारो मान्नुभएन । सीप सिकेर के नै पो हुन्छ भन्नुभएन । सीप सिकेर कहिल्यै बेफाइदा हुँदैन । सीप सिकौं ।