अग्नि प्रसाद खरेल

प्रतिनिधिसभा सदस्य
झापा-१

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६१
प्राप्त मत
२५३४९
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

पूर्व कानुन मन्त्री तथा पूर्व महान्यायाधिवक्ता अग्निप्रसाद खरेल अधिवक्ता एवं एमाले नेता हुनुहुन्छ । खरेलको जन्म वि.स.२०१७ सालमा पूर्वी पहाडी जिल्ला ताप्लेजुङ्गको थेचुम्वुमा भएको हो । पछि वि.स. २०२४ सालदेखि झापामा बसोबास गर्दै आउनुभएको छ ।
वि.स. २०३४ सालमा एसएलसी उत्तीर्ण गर्नुभएका खरेल १७ वर्षको उमेरमा राजविराज क्याम्पसको स्ववियू सचिव हुँदै काठमाण्डौ आउनुभयो । उहाँ वि.स. २०५४ सालमा नेपाल बार एसोसिएशनको महासचिव बन्नुभयो । त्यसको १५ वर्षपछि वि.स.२०६९ सालमा वरिष्ठ अधिवक्ता हुनुभयो । केपी शर्मा ओली सरकारमा महान्यायाधिवक्ता रहेका खरेलले राजनीतिमा फर्किने भन्दै पदबाट राजीनामा दिनुभएको थियो । उहाँ २०७४ फागुन ८ देखि २०७७ चैत ६ सम्म महान्यायाधिवक्ताको पदमा रहनुभयो । पछिल्लो समय उहाँ एमालेको जिल्ला इञ्चार्जको जिम्मेवारी लिएर झापामा नै बस्दै आउनुभएको छ ।