देव राज घिमिरे

प्रतिनिधिसभा सदस्य
झापा-२

(विजयी)

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६६
प्राप्त मत
२८७१६
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता
आई.ए.

एमाले नेता देवराज घिमिरेको जन्म ताप्लेजुङको सिकैचा–६ (हाल श्रीजंगा गाउपालिका ३) मा वि.स. २०१३ साल जेठ १३ गते भएको हो । धरानको महेन्द्र बहुमुखी क्याप्पसबाट आई.ए.उत्तीर्ण गरेका घिमिरेले पार्टी कामको सिलसिलामा समय समयमा कलेज छाड्दै पढ्दै गर्नुभयो । 


काठमाण्डौको त्रिचन्द्र क्याप्पसमा डिप्लोमा पढ्दापढ्दै पार्टीको बुर्जुवा शिक्षा बहिष्कार गर्ने निर्णय मान्दै पूर्णकालीन कार्यकर्ताको रुपमा नेपाल कम्युनिष्ट पार्टीको संगठन विस्तारमा लागेका घिमिरेको औपचारिक शिक्षा भने त्यहीँ टुंगियो । त्यसपछि वि.स.२०३५ साल भदौमा पार्टी सदस्यता प्राप्त गर्नुभयो । 


नेकपा मालेका भूमिगत राष्ट्रिय भेला र कार्यक्रममा सहभागी घिमिरे २०४६ सालको भदौमा लाहानमा सम्पन्न चौथो महाधिवेशन प्रतिनिधिको रुपमा सहभागी हुनुभयो । भूमिगत पार्टी जीवनमा विशिष्ट योगदान पुर्याएकै कारण घिमिरे नेकपा माले र एमालेको एकीकरणपछि २०४९ सालको पाँचौ राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटीमा निर्वाचित हुनुभयो । वि.स.२०५० सालदेखि मेची अञ्चल इन्चार्जको जिम्मेवारी पाउनुभएका घिमिरेले यसअघि प्रत्यक्ष उम्मेदवार हुन पाउनुभएको थिएन ।