विष्‍णु प्रसाद पौडेल

प्रतिनिधिसभा सदस्य
रुपन्देही-२

(विजयी)

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६२
प्राप्त मत
२७१६५
लिङ्ग
पुरुष
हालको पद
उपाध्यक्ष, नेकपा एमाले
शैक्षिक योग्यता
माध्यमिक तह

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको जन्म २०१६ साल मंसिर १५ गते पुतलीबजार, स्याङ्जामा भएको हो । देवीलाल र रेवती पौडेलका छोरा विष्णुप्रसाद पौडेलले माध्यमिक तहसम्म पढ्नु भएको छ ।
पौडेल २०३३ सालदेखि राजनीतिमा सक्रिय हुनुभएको हो । पौडेल २०६४ सालको संविधानसा चुनावमा रुपन्देही क्षेत्र नम्बर ४ बाटै विजयी हुनुभएको थियो । पौडेल गणतन्त्र नेपालको पहिलो संयुक्त सरकारको जलश्रोत मन्त्री हुनु भयो ।
२०३७ सालमा ३ वर्ष राजकाजको मुद्दा खेपेका पौडेलले ३ हजार रुपैयाँ जरिवानासहित भैरहवा जेल चलान भएपछि ४५ दिनको परिश्रमपछि जेल विद्रोह गर्नुभएको थियो । २०५१ सालमा प्रतिनिधिसभा सदस्य समेत भइसकेका पौडेल २०५३ सालमा युवा खेलकुद तथा संस्कृति मन्त्री हुनु भएको थियो ।
२०७४ सालको चुनावमा रुपन्देही क्षेत्र नम्बर २ बाट विजयी हुनुभएका पौडेल एमाले र माओवादी एकीकरण भएर बनेको नेकपामा महासचिव हुनुहुन्थ्यो ।