Twitter

सुभाष खड्का

आफ्नो घर सधैभरी फोहोर राखेर पाहुना आउदा चाहि भुइँ समेत चिटिक्क पार्ने परिवार जस्तै त हो नी हाम्रो देश पनि ! विदेशी पाहुना आउदा चाहिं जता ततै सरसफाई गर्ने, अरु बेला चाही खाल्डा खुल्डी अनि जताततै छाडा जनावर र फोहोरको डङ्गुर !

थप पढ्नुहोस्
ठाकुर आले

विश्वको सबैभन्दा शक्तिशाली राष्ट्र प्रमुखको सुरक्षाको जिम्मा नेपालीले पाएका छन् । तर आफ्नै देशमा नेपाली सेनालाई अविश्वास गरिन्छ भने त्यो भन्दा पिडादायी क्षण अरु के हुन सक्ला र ?

थप पढ्नुहोस्
आर आर पाण्डे

कञ्चनपुरमा जुन घटना भइरहेको छ, त्यसलाई सरकारले गम्भीरताका साथ लिएर दोषीलाई कडा भन्दा कडा सजाय दीनु पर्छ । पहुँच हुने र पावर हुनेले यसरी अपराधीलाई सही पहिचान नगरेर अरूलाई नै अपराधी भनेर सार्वजनिक गर्नुले झन परिस्थितिलाई जटील बनाएको छ । यस विषयमा सरकारको ध्यान जावस् ।।

थप पढ्नुहोस्
मसिने केटो

नेकपाको तीन सय करोड सम्पत्ति आम नेपाली गरीब नागरिकमा सहयोग गर्ने हो भने धेरै आत्मनिर्भर हुन्छन् । कम्यूनिष्टपार्टी भनेको गरीब नागरिकलाई सहयोग गर्ने पार्टी भन्थे, पैसा थुपार्ने कम्पनी नबनोस् ।

थप पढ्नुहोस्
सोल्टा

अन्तराष्ट्रिय स्तरमा ईन्टरनेट सस्तिएको बेला देशमा ईन्टरनेटमा थप कर लगाएर ईन्टरनेट महङगो बनाउने अनि ईन्टरनेट मार्फत नै सर्बसाधरणसँग छ्लफल गर्ने भनेको त नागरिकको २–४ पैसा पनि खर्च गराएर समय पनि बर्बाद पार्ने षड्यन्त्र जस्तै पो लाग्यो त ।

थप पढ्नुहोस्
रविन्द्र मल्ल ठकुरी

नेपाली नागरिकको रगत र पसिनाले कमाएको पैसामा कर लाउन सक्ने सरकारले एन सेल कम्पनीबाट अबौं रुपैयाँ कर किन उठाएन ? हामीले सुने अनुसार कर उठाउन खोज्दा अर्थमन्त्रीलाई धेरै दबाव आएको छ रे, नागरिकलाई सानातिना विषयमा कर लिने सरकारले ठुला कम्पनीलाई उम्काउन खोज्नु सरासर गलत हो ।

थप पढ्नुहोस्
उमेश पौडेल

मन्त्रीपरिषदले आम नागरिकलाई सूचनाको हक प्राप्त गर्ने अधिकारलाई गुमराहमा राखेर, भित्रभित्रै दैनिक केहि न केहि निर्णय गरिराखेको छ । निर्णयमा पारदर्शिता हुन प¥यो सरकार ।

थप पढ्नुहोस्
वालिङ एक्स्प्रेस

पहिला गल्ने र नगल्ने फोहोरको पहिचान गर्ने । गल्ने फोहोर मल बनाउने र नगल्ने जस्तै प्लाष्टिकलाई गलाउने कम्पनी खोल्ने, प्रत्येक नागरिकले गल्ने नगल्ने फोहोर अलग–अलग जम्मा गर्ने र उठाउदा त्यसरी नै उठाउने ।

थप पढ्नुहोस्
बरिस्ठ जी

दुवईमा नेपाली अलपत्र पर्ने अवस्था रोकिएको छैन । भिजिट भिसामा आउने दलालको फन्दामा परेर दुःख पाउने धेरै छन् । सरकारले भिजिट भिसामा आउने र काम गर्ने नेपालीको अवस्थाबारे ध्यान पु¥याउनु पर्ने देखिन्छ ।

थप पढ्नुहोस्
सुदर्शन तिमल्सिना

चुनाव अघि नेताहरुले हामीलाई दुई तिहाई बहुमतले विजयी गराउनुस, स्थायी सरकार बनेपछि ५ बर्षमा देशले मुहार फेर्नेछ भन्थे । तर अहिले नेताहरुको कार्यशैलीले देखाइरहेको छ, नागरिकको जीवनस्तर सुधार गर्छौ भन्नु त केवल चुनाव जित्न कै लागि अपनाइने हतकन्डा मात्र हो । हैन भने सरकार बनेको ६ महिनासम्म पनि विकासको गति शुन्यबाट ...

थप पढ्नुहोस्
कलियुगको दार्शनिक

मनुष्यले सर्वश्रेष्ठ प्राणीको पद त्याग्न अझै कति आनाकानी गर्ने ? मैले चै सर्वप्रथम आफैलाई सर्वश्रेष्ठको झुण्डबाट किकआउट हाने है सरकार ।

थप पढ्नुहोस्
उसा आरएल माझी

भुकम्प पीडितको राहतले घर बनाउन मुस्किल, कर्मचारीलाई डिपिसि गर्दै पिच्छे रोजी छानी महँगो रक्सी र मासु खुवाउनु पर्ने, नत्र काम गर्ने मान्छे नपाउने, भुकम्प पीडितको रकमले राहत हैन झन् गरिबी निम्त्याउने भो, कि बजेट बढाइयोस कि कर्मचारीलाई कारबाही होस् ।

थप पढ्नुहोस्
डा. निरन्तर वलि

वलात्कार जस्तो अपराधलाई किन मेलमिलाप गरेर पैसामा मिलाइन्छ हाम्रो देशमा । अमुक नेताको बलमा उनीहरुको दबाबमा यति पैसा लिनुस मुद्दा फिर्ता गर्नुस् भनेर पनि वलात्कार बढेका हो । कानुन अनुसार वलात्कारीलाई आजिवन जेल अथवा फाँसीसम्मको सजाय हुने हो भने अवश्य पनि कम हुनेछ ।

थप पढ्नुहोस्
सुदिप साप्कोटा

प्रधानमन्त्री केपी शर्मा ओलीले २ बर्ष अघि नै देशभरका तुइन हटाउछु भन्नुभएको थियो । तर अहिलेसम्म उहाँले तुइन हटाउनु भएन । मोनोरेल र पानी जहाजका गफ मात्रै लगाउनु भएको छ । ठुला ठुला सपना भन्दा पहिले दैनिक समस्या समाधान गर्ने कि ?

थप पढ्नुहोस्
होम बहादुर

अमेरिका,अष्टेलिया, क्यानडा र बेलायतमा बिना इन्टरनेट उज्योलो सुन्न सकिन्छ । यस्तै व्यवस्था खाडी देशमा पनि भैदिए म जस्ता लाखौं परदेशी खुशी हुने थियौ । यो सेवा कहिलेदेखि लागु हुन्छ होला । जान्न पाए आभारी हुनेथियौं ।

थप पढ्नुहोस्
प्रेम सम्फोरु

सामाजिक मुद्दा अनशनका भरमा छिनोफानो गरिने भए किन चाहिए वकिल अदालत र सदन ? लोकतन्त्रमा मन नपरेका बिषयमा आवाज बुलन्द बनाउन पाउनु पर्छ । यो संविधानले दिएको अधिकार हो । तर तपाईको पटक पटकको अनशन र तपाईका माग कसमा लागि भनेर चाहिँ बुझेको छैन ।

थप पढ्नुहोस्
उपकार भण्डारी

नेताहरु समृद्धिको भाषण छाट्न ब्यस्त छन् । देश बाढिले डुबेको छ । सञ्चार माध्यमले सर्तकता अपनाउनु भनेर समाचार दिइरहेका छन् । सरकारले त बिकल्प पो दिने हो । जाने ठाउँ र सावधानी अपनाउने कुनै विकल्प नभेटेका नागरिकले के गर्नु खै ? खोलो त¥यो लौरी बिर्सियो भनेको यही त होला ।

थप पढ्नुहोस्
डिल्ली जोशी

साह्रै बिरक्त लाग्छ राजनैतिक क्षेत्रमा नाटक मन्चन भइरहेको देख्दा । कसैको समर्थन र बिरोधमा अबदेखी उत्रिनु आबश्यक देख्दिन । किनकि सबैले हामीलाई खोला तर्ने लौरो बनाउछन् अनि तरेपछि बिर्सिन्छन् ।

थप पढ्नुहोस्
केदार नाथ दाहाल

शाही सरकारको पालामा निश्चित स्थानमा मात्रै विरोध प्रदर्शन गर्न पाउने नियम बनाइएको थियो । त्यतिबेला राजाले गलत बाटो रोज्दा नागरिकले मिलेर राजा फ्यालिदिए । त्यसैले राम्रो काम नगरे निशेधाज्ञा तोड्ने मात्र होइन सरकार नै ढाल्ने दिन पनि नआउला भन्न सकिदैन ।

थप पढ्नुहोस्
एलिना

आफू अनि आफ्नो परिवार पाल्नको लागि आफ्नो शरिर नै बेच्नुपर्ने यो कस्तो बाध्यता । सरकारले गरिब जनताको लागि केही ब्यबस्था गरिदिएको भए त आज यी महिलाहरूले आफ्नो शरिर बेच्नुपर्ने त थिएन नि, मेरो अनुरोध यो भिडियो सरकार समक्ष पुगोस् । सरकारले गास, बास, कपास र यी बच्चाहरुको पढाइको जिम्मा लिनुपर्छ ।

थप पढ्नुहोस्
ध्रुवतारा,

भुन्टी र खलीको कथा कति कारुणीक छ, अरूको रहर तर यी दुईजनाको कर । बाध्यताले कस्तो–कस्तो काम गर्नुपर्ने, यस्तो पनि हुन्छ र भन्ने लाग्यो ? जे भए पनि उनीहरूका छोरीलाई यो बाध्यता नआओस् यो कुरुतिको अन्त्य होस् ।

थप पढ्नुहोस्
  • 1
  • 2 (current)
  • 3