प्रचण्ड–नेपाल समूहद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

 पुष १८, २०७७ शनिबार १७:२६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।

काठमाण्डाैमा पत्रकार सम्मेलन गरी प्रचण्ड–नेपाल समूहले पर्सि २० गतेदेखि माघ २३ गतेसम्म चरणवद्ध आन्दोलन गर्ने घोषणा गरेको हो । प्रचण्ड–नेपाल समूहले पर्सि २० गते पालिकास्तरमा र २५ गते वडास्तरमा पार्टी भेला र संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।

यस्तै २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडास्तरमा संघर्ष समिति गठन गर्ने निर्णय भएको छ । प्रचण्ड–नेपाल समूहले माघ २३ गतेसम्म पालिकादेखि केन्द्रसम्म देशव्यापी विरोध प्रदर्शनदेखि भेला र संगठन विस्तारमा काम गर्ने जनाएको छ । यसअघि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलगायतसँग मिलेर संयुक्त आन्दोलन गर्ने तयारी भए पनि अन्तिम समयमा आएर प्रचण्ड–नेपाल समूहले एक्लै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया