ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ !
देश परदेशको यो अंकमा हामीले वैदेशिक रोजगारीका कारण समाजमा बढ्दै गरेको मानसिक समस्या समाधान गर्न मनोपरामर्शको आवश्यकता र महत्वको कुरा गरेका छौँ । कोरोना महामारीको बेला परदेशिएका श्रीमानको पीर र आफैँ कोरोना सङ्क्रमित भएपछि अनेक मानसिक समस्याबाट गुज्रन बाध्य मकवानपुरकी सरिताको मनोपरामर्शपछि फेरिएको जीवनबारे कार्यक्रममा सुन्न सक्नुहुन्छ । यस्तै श्रीमान् परदेश हिँडेपछि आफ्नै परिवारले गरेको हेलाहोचो र लान्छना सहन नसकेर गरेको आत्महत्या प्रयास र त्यसपछिको मनोपरामर्शसँगै फेरिएको चितवनकी राधाको नयाँ जीवनको कथा पनि कार्यक्रममा सुन्न सक्नुहुन्छ । अनि वैदेशिक रोजगारीसँगै समाजमा बढेको मानसिक समस्या समाधान गर्न मनोपरामर्श सेवाको आवश्यकता र यसको महत्वबारे चिकित्सा मनोविद डा. पुशपति महतसित पनि कुराकानी गरेका छौं । साथमा हप्ताभरिका श्रम तथा रोजगार गतिविधि त छदैछन् ।