Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देश परदेशको अंक ६०४

विश्व अर्थतन्त्रमा बैदेशिक रोजगारीको महत्वपूर्ण भूमिका छ । देशका विभिन्न क्षेत्रमा भइरहेका विकाससँगै विश्व श्रम बजारमा मानिसको पहुँच सहज भएको छ । गत आर्थिक वर्षको तथ्याङ्क अनुसार सबैभन्दा धेरै नेपालीहरु मजदुरका रुपमा गएको देखिन्छ । यसको कारण, देशमा रोजगारीको अभाव र सोचे अनुसारको तलब नपाउनु बताइएको छ । बैदेशिक रोजगारीमा जानका लागि लाग्ने बढी खर्च, सूचना पहुँचमा कमी र बैदेशिक रोजगारीका लागि उपयुक्त सीपको अभाव हुँदाहुँदै पनि गत आर्थिक वर्ष ०७९÷८० मा कुल सात लाख ७१ हजार ३२७ जनाले श्रम स्वीकृति लिएको बैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाउँछ । यहि तथ्याङ्क विगत पाँच वर्षको अवधि मात्रै नेपालमा ४९ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । कार्यक्रम देश परदेशको अंक ६०४ मा देशबाट बैदेशिक रोजगारीमा जानेको संख्या बढेको छ तर, रेमिट्यान्स सोचे अनुरुपको छैन । यो के कारणले भएको हो ? अहिले श्रमिकको अवस्था कस्तो छ ? हामीले नेपाल ट्रेड युनियन महासंघ, जिफन्टको बागमती प्रदेशका अध्यक्ष रामहरि नेपालसँगको कुराकानी समावेश छ ।