प्रधानमन्त्री कप क्रिकेट फागुन २५ गतेदेखि, लुम्बिनीमा ३ वटा मै...
फागुन ९, २०८१ शुक्रबार
खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ !
जब सीप वा स्वरोजगार हुने विषयबारे सोचिन्छ, वैदेशिक रोजगारी प्राथमिकतामा पर्छ । त्यसैले पनि अहिले बैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेको बैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाउँछ । तथ्याङ्क अनुसार पछिल्लो साढे पाँच महिनामा मात्रै ३ लाखभन्दा धेरै युवा वैदेशिक रोजगारीका लागि विभिन्न गन्तव्य देश पुगेका छन् । राष्ट्रिय योजना आयोगका अनुसार नेपालमा हरेक वर्ष पाँच लाखभन्दा धेरै युवा श्रम बजारमा प्रवेश गर्ने गरेका छन् । तीमध्ये मुस्किलले ५० हजारले रोजगारी पाउन सकेको नेपाल उद्योग वाणिज्य महासंघको आँकलन छ । स्वदेशमा औद्योगिक उत्पादनको लागत बढेको भन्दै निजी क्षेत्र व्यापारमा केन्द्रित छ । युवाका लागि स्वदेशमै रोजगारीको सृजना गर्ने बैदेशिक रोजगारीबाट फर्किएकाको सीप देशमा नै प्रयोग गराउने भन्दै नेपाल सरकार र बैदेशिक रोजगारीका क्षेत्रमा काम गरिरहेका संघ संस्थाले वकालत गरिरहेका छन् । आजको कार्यक्रम देश परदेश यसैसँग सम्बन्धित छ । कार्यक्रम देश परदेशको अंक ६५९ मा हामीले सीप र स्वदेशको रोजगारीबारे व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानकी निर्देशक बिन्दा आचार्यसँग कुराकानी गरेका छौं । साथमा तपार्ईंको जिज्ञासा र विचारहरु पनि जोडेका छौं ।