ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ !
नेपालको जनगणना २०७८ ले नेपालमा ७ लाख सक्रिय जनशक्ति बेरोजगार रहेको देखाएको छ । नेपालमा रोजगारी नपाउँदा अथवा राम्रो सेवासुविधा तथा अवसरको खोजीमा नेपालबाट ठूलो संख्यामा युवाहरू वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढ्दो छ । यहिकारण, पछिल्लो समय युरोप जानेको संख्या पनि बढ्दो छ । अझ श्रम स्वीकृति नलिएर भिजिट भिसा र विद्यार्थी भिसामा विदेश गएर काम गर्नेको संख्या जोड्ने हो भने यस्तो संख्या ठूलो छ । तर, बुझ्नुपर्ने कुरा के छ भने, भिजिट भिसामा बिदेश गएर काम गर्दा ठगिने र विदेशमै लुकेर बस्नुपर्ने हुनसक्छ । यो समस्यालाई न्युन गर्न अध्यागमन विभागले भिजिट तथा पर्यटक भिसामा विदेश जानको लागि नयाँ नियम लागू गरेको छ । आजको कार्यक्रम देश परदेशमा भिजिट भिसामा विदेश जान लागू भएका नयाँ नियम के के हुन् र यसले के कस्ता कुरामा फाइदा पुर्याउँछ भन्ने विषयमा बैदेशिक रोजगार विभागका निर्देशक कविराज उप्रेतीसँगको कुराकानी समावेश छ ।