Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देश परदेशको अंक ६२१

बैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार एकसयमा ५९ जना महिला सीप बिना नै बैदेशिक रोजगारीमा जाने गरेका छन् । गएको तीन वर्षमा पेशाविद्का रुपमा श्रम स्वीकृति लिएर बैदेशिक रोजगारीमा जाने महिलाको संख्या सयमा एक पनि छैन, शुन्य दशमलव तीस प्रतिशत छ । बैदेशिक रोजगारीको यो तथ्याङ्कले नेपाली महिलाका तुलनामा अरु देशका महिला श्रमिक तालिम प्राप्त, अनुभवी र सीपयुक्त भएको देखिन्छ । सीप नभएका कारण एउटा कामका लागि स्वीकृत लिएर अर्कै कामका लागि अर्को कुनै देशमा जानुपर्ने बाध्यता नेपाली श्रमिक महिलाको छ । जसका कारण महिलाहरू बढी हिंसामा परेको देखिन्छ । यति हुँदा पनि बैदेशिक रोजगारीमा रहेका महिलाले भोग्नुपरेको समस्याबारे बेलाबेला मात्र कुराकानी र छलफल भएका पाइन्छ । कार्यक्रम देश परदेशको अंक ६२१ मा बैदेशिक रोजगारीमा रहेका श्रमिक महिलाले दिनदिनै भोगिरहेका समस्या र चुनौती तथा यसका समाधानका पाटाबारे नेपाल टेड्र युनियन महासंघ (जिफन्ट) की सचिव स्मृति लामासँगको कुराकानी समावेश छ । त्यसैगरी, बैदेशिक रोजगारीबाट फर्र्किएका महिलाको अवस्था र चुनौतीबारे पौरखी नेपालकी कार्यकारी समिति सदस्य सजना रानासँगको कुराकानी पनि कार्यक्रममा सुन्न सकिन्छ ।