मलेसियामा नेपाली मजदुरको मृत्यु

 कात्तिक ३०, २०७५ शुक्रबार १२:२२:५५ | रासस
unn.prixa.net

दार्चुला –मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ । तीन वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया गएका धामीको बिहीबार बिहान ४ बजे मृतअवस्था भेटिएको परिवारले जनाएको छ ।

धामी एक होटल नजिकै मृत फेला परेका थिए । मृत्यु के कसरी भयो भन्नेबारे अहिलेसम्म केही खुल्न नसकेको मृतकका काका धरमसिंह धामीले बताउनुभयो । घर परिवारको एक मात्रै सहारा धामीको मृत्युले परिवारजन शोकमग्न भएका छन् । धामीका ८ र ४ वर्षीय दुई छोरा र तीन वर्षीय छोरी छन् ।

छोरी जन्मेपछि विदेशमा धन कमाउने अभिलाषा लिएर गएका धामीको मृत्युको खबरपछि पुरै गाउँ शोकमा डुबेको स्थानीय लोकेन्द्रसिंह धामीले बताउनुभयो । मृतकको शव नेपाल ल्याउनको लागि पहल शुरु गरिएको छ । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया