लेबनान र इजरायलबीच  युद्धविराम सम्झौता, आजैदेखि लागू हुने

 मंसिर १२, २०८१ बुधबार ६:४७:९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

लेबनान र इजरायलबीच  युद्धविराम हुने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले  लेबनान र इजरायलबीच युद्धविराम सम्झौतमा सहमति भएको ह्वाइट हाउसमा पत्रकार सम्मेलन गरेर जानकारी दिनुभएको हो । यो सम्झौता आजदेखि लागू हुने बीबीसीले जनाएको छ ।

युद्धविरामका लागि अमेरिकाले लामो समयदेखि प्रयास गरिरहेको थियो । बाइडेनले ६० दिनको युद्धविराम सम्झौता प्रभावकारी हुने भन्दै युद्धको स्थायी अन्त्यको दाबी गर्नु भएको छ ।

लेबनान र इजरायलका नेताहरूले हिंसा अन्त्य गर्ने निर्णयको प्रशंसा गर्दै बाइडेनले दुवै पक्षका नागरिकहरू चाँडै सुरक्षित रूपमा आफ्नो समुदायमा फर्किन सक्ने बताउनुभएको खबरमा उल्लेख छ । उहाँले कुनै पनिस्थितिमा त्यहाँ अमेरिकी सेना संलग्न नहुने कुरामा विश्वस्त हुन आग्रह गर्नुभएको छ ।

राष्ट्रपति बाइडेनले अब गाजामा पनि युद्ध अन्त्यका लागि निरन्तर काम गरिरहने बताउनुभएको छ । यसका लागि बाइडेन प्रशासनले दबाब दिइरहने छ । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया