एकाबिहानै घरबाट हिँडेका वडा अध्यक्ष मृत भेटिए

 मंसिर १, २०७५ शनिबार १८:१४:३१ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक - सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर–८ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठको शव इन्द्रावती नदीमा भेटिएको छ । 

वोर्ड गाउँको होष्टे दोभानभन्दा ५० मिटरमाथि नदीको माझमा लास देखिएको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिनुभयो । घोप्टिएको अवस्थामा नदीको बिच भागमा शव देखिएपछि प्रहरीलाई खबर गरिएकाे थियाे ।

तामाङका अनुसार बिहान ३ बजे घरबाट निस्केका वडा अध्यक्ष श्रेष्ठको खोजी कार्य परिवारका सदस्यहरुले गरिरहेका थिए । 

नदीकाे बीचमा रहेकाे शवकाे हुलियाको आधारमा वडा अध्यक्षकै शव भएको सुरुबाटै प्रत्यक्षदर्शीले अनुमान गरेका थिए । 

खोलामा हाम्फालेको या डुबेको हुनसक्ने वा अरु कुनै कारण भए अनुसन्धानपछि मात्र थाहा हुने जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सूचना अधिकारी विमल राज कँडेलले जानकारी दिनुभएको छ । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया