जापान पठाउने भन्दै २ सय १९ जनाबाट २ करोड ६८ लाख ठगी, दुई जना पक्राउ

 वैशाख २१, २०८१ शुक्रबार १५:३:६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – जापान पठाउने भन्दै २ सय १९ जनाबाट २ करोड ६८ लाख ठगीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगीको आरोपमा पक्राउ परेका नारायणबहादुर राई भन्ने राजन श्रेष्ठ र पर्वराज पाण्डे भन्ने ईश्वरी पाण्डेलाई आज सार्वजनिक गरेको हो । उनीहरूले कन्सल्टेन्सी सञ्चालन गरेर विभिन्न व्यक्तिलाई जापान पठाउने प्रलोभनमा ठगी गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले अर्काको नागरिकताको दुरुपयोग गरी अर्काकै नाममा कन्सल्टेन्सी दर्ता गरेर ठगी गर्ने गरेको पाइएको छ । श्रेष्ठ रामेछाप लिखु तामाकोशी गाउँपालिका–७ का हुन् भने पाण्डे झापा गौरीदह नगरपालिका–१ का रहेको उपत्यका अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिनुभयो ।

उनीहरुले दीपबहादुर तामाङमार्फत् १३ जनाबाट ३७ लाख रकम र सुनिलकुमार नेपालीमार्फत् २० जनाबाट ३२ लाख रकम लिएको तथा वैदेशिक रोजगार विभागमा अन्य झण्डै एक सय जनाबाट २ करोड ६८ लाख ठगी गरेको उजुरी परेको बुझिएको प्रहरीको भनाई छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया